site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सभापतिले पार्टीको विधान मान्नुपर्दैन ? 
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह अहिले पार्टीमा सभापति शेरबहादुर देउवाका कामको आलोचना गर्ने र विपक्षमा उभिने नेतामा पर्छन् ।
पार्टीभित्र सभापति शेरबहादुर देउवाको आलोचकका रुपमा चिनिए पनि सत्ता हस्तान्तरणका बारेमा भने उनले देउवाको बचाउ गरे ।
उनले प्रक्रिया पुरा गरेर सत्ता हस्तान्तरण गरिने बताउँदै आएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा विवकशील साझाका संयोजकसमेत रहेका रवीन्द्र मिश्रलाई पराजित गरेका सिँहसँग सत्ता हस्तान्तरणको प्रक्रिया, कांग्रेसको पछिल्लो अवस्थाका विषयमा शिवनारायण गिरीले बुधबार गरेको संक्षिप्त कुराकानीः

निर्वाचन सकिएको २ महिनामा पनि कांग्रेस नेतृत्वको सरकारले सत्ता हस्तान्तरण गरेको छैन, अब कहिले हस्तान्तरण हुन्छ ?

हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने संघीय संसदको संविधानले नै व्याख्या गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलेर नै संघीय संसद् बन्छ । हामी अहिले कस्तो खालको निर्वाचन प्रणालीमा छौं भन्ने कुरा बिर्सिएका छन् एकथरी मान्छेहरुले । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेको निर्वाचन प्रणाली बिर्सिएका मान्छेहरुले १६५ को निर्वाचन हुनेबित्तिकै निर्वाचननै सकियो भन्ने हल्ला चलाएर निर्वाचन सकिसकेपछि पनि सरकारमा बसिरहेको छ कांग्रेस, सत्ता हस्तान्तरण गरेन भनिरहेका छन् । तर, हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने अहिले हामी मिश्रित निर्वाचन प्रणालीमा छौं । १६५ को साथसाथै ११० पनि प्रतिनिधिसभामा समानुपातिकतर्फबाट आउनुपर्नेछ ।

त्यो ११० को समानुपातिकको रिजल्ट आउनको लागि त्योभन्दा पहिले राष्ट्रियसभाको निर्वाचन हुनुपर्छ । किनभने हाम्रो संविधानअनुसार संघीय संसदमा एक तिहाइ महिलाको प्रतिधिनित्व हुनुपर्छ । त्यो एक तिहाइको हिसाब मिलाउनको लागि राष्ट्रियसभाको निर्वाचन हुन जरुरी थियो । राष्ट्रिय सभाको निर्वाचन पनि सकिएको छ । 
निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेपछि मात्रै पूरा हुने भएकाले सत्ता हस्तान्तरण नगरेको हो । 

Global Ime bank

त्यसकारण निर्वाचन प्रक्रिया पूरा भइसकेपछि मात्र सत्ता हस्तान्तरण हुन्छ । निर्वाचन प्रक्रिया पूरा नै नभइकन सरकार गठन कसरी हुन्छ ? यो सरकारको जिम्मेवारी भनेको तीनवटा निर्वाचन गराउनु थियो । जसमा स्थानीय, प्रान्त र केन्द्रको हो । केन्द्रको पनि पूरा गर्नको लागि लागि राष्ट्रिय सभाको पनि हुनुपर्यो, प्रतिनिधिसभामा समानुपातिकको पनि प्रतनिधिनित्व हुनुपर्यो नि ? प्रक्रिया पूरा भएपछि नै सत्ता हस्तान्तरणको कुरा आउँछ । कसैलाई हतार हुँदैमा प्रक्रिया नै पूरा नगरी सत्ता हस्तान्तरण हुँदैन ।

प्रदेशदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्रको सरकार बन्दैछ, सर्वसत्तावाद लाद्न सक्छ भनेर कांग्रेसले भनिरहेको छ । त्यो सम्भावना छ र ?

हो, प्रदेशदेखि केन्द्रसम्म एमाले र माओवादीको सरकार बन्दैछ । अब हामी सशक्त प्रतिपक्षको भूमिकामा रहेर उनीहरुले गर्ने राम्रो कामको समर्थन र नराम्रो कामको लागि खवरदारी गर्छौं । सत्तामा रहेकाहरुलाई ठीक बाटोमा हिँडाउनको लागि प्रतिपक्षको महत्वपूर्ण भूमिका रहन्छ । त्यसकारण हामी अत्यन्तै सजग, सचेत भएर सबै विकासको योजनालाई अध्ययन गरी प्रभावकारी र उत्तरदायी भएर अघि बढ्छौं ।


एमाले र माओवादीबीचको पार्टी एकतामा कांग्रेस खेल्यो भन्ने आरोपहरु आइरहेका छन्, कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्रीको ‘अफर’ गरेको हो ?

यस्तो गतिविधिमा मलाई केही जानकारी छैन । मैले प्रष्टसँग भन्दै आएको छु अब जनताको म्यान्डेटअनुसार कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ । कांग्रेसले अब पार्टीलाई सुधार गर्नुपर्छ । जनताको मन जित्नको लागि हाम्रो आदणीय नेता बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शम्शेरलगायतका संस्थापक नेताहरुले बनाएको पार्टी हो ।

पहिला उहाँहरुको नेतृत्वमा कांग्रेसको लोकप्रियता थियो । अब फेरि पहिलाको लोकप्रिय कांग्रेस बनाउनको लागि आवश्यक सुधार महत्वपूर्ण छ । अब कांग्रेसलाई संस्थागत रुपमा, नियम, र विधानसम्मत तरिकाले चलाउनुपर्छ । त्यसकारण जनताको कांग्रेस बन्नको लागि आफूमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै लैजानुपर्छ, यसबाहेक अरु केही छैनन् । माओवादी केन्द्रलाई प्रधानमन्त्रीको ‘अफर’ कसले गर्यो मलाई थाहा छैन । थाहा नभएको कुरा मैले कसरी भन्ने ?


अब जनताले चाहेको कांग्रेस बन्नको लागि के गर्नुपर्छ ?

मैले पटक–पटक भन्दै आएको छु, अब जनताले चाहेको कांग्रेस बन्नको लागि १३ औं महाधिवेशनबाट जो पदाधिकारीहरु आउनुभएको छ  । पार्टीकै विधानअनुसार उहाँहरु सभापतिदेखि लिएर विभिन्न पदमा बस्नेहरु हुनुहुन्छ, उहाँहरु पहिले विधानभित्र बस्नुपर्यो । सभापति बनिसकेपछि विधानले गाइड गरेपछि उहाँले काम गर्नुपर्ने कि नपर्ने ? उहाँले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने कि नपर्ने ? कांग्रेसको विधानमा महाधिवेशन सकिएको २ महिनाभित्रमा केन्द्रका महामन्त्रीदेखि लिएर उपसभापति सबै पूर्णता दिनुपर्छ भन्ने छ ।

तर, २ वर्ष हुन लागिसक्यो । विडम्बना, केही भएको छैन । जताततै पार्टी बेकामे भएको कारणले निर्वाचनमा जसरी रिजल्ट आउनुपर्ने हो त्यसरी आएन । निर्वाचनमा पार्टी इनएक्टिभ भयो । पार्टीको विधानअनुसार गर्नुपर्ने कामहरु भएनन् । पार्टीको ४२ ÷ ४३ विभागहरु बनाउनुपर्नेछ । तर, ती विभागहरु अहिलेसम्म पनि बन्न सकिरहेका छैनन् । हाम्रो विधानले नै उपसभापतिको संयोजकत्वमा केन्द्रीय नीति तथा प्रशिक्षण विभाग हुने भएकाले पार्टी अहिले चलायमान हुन सकेको छैन ।
ठप्प छ । पार्टी गतिशील भएको भए यो भन्दा राम्रो परिणाम आउने थियो ।

अब कांग्रेसको नेतृत्व नै परिवर्तन हुनुपर्यो भन्न खोज्नु भएको हो ?

हो, निर्वाचनमा पार्टी नेतृत्व असफल भयो । मैले पार्टीभित्र विगतदेखि नै भन्दै आएको छु ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC