site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नामिवियाले दियो नेपाललाई १३९ रनको लक्ष्य, सन्दिपले ४ तथा सोमपालले लिए ३ विकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को पहिलो खेलमा आयोजक नामिवियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ । नामिवियाले दिएको १३९ रनको लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ थाल्ने छ ।

विन्डहुकस्थित अफिस पार्कमा  नेपालले टस जितेर बलिङ रोजेपछि नामिवियाले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नामिविया नेपालको कसिलो बलिङसामु ३४ ओभर २ बलमा बलमा अलआउट हुँदै १३८ रनमा समेटियो ।

नामिवियाका जर्ज विलियम्सले सर्वाधिक ४१ रन बनाए । त्यस्तै जान फ्राईलिन्क र  जेन ग्रीनले समान २२ - २२ रन बनाउदा स्टेफन वार्ड  र जोनाथन स्मिटले समान १ ८ – १८ रन जोडे । नामिवियालाई सस्तैमा समेट्न  नेपालका सन्दिप लामिछानेले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै  त्यस्तै कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मीले समान १ – १ विकेट लिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नामिवियाबिरुद्ध नेपालको यो उत्कृष्ट प्रदर्शन समेत हो  । तीनबर्ष अघि नामिवियामै नेपालले नामिवियालाई १४२ रनमा अलआउट गरेको थियो  ।

६ राष्ट्र सम्मलित डिभिजन टु नेपाली क्रिकेटको भबिष्यसंग समेत जोडिएको छ । यो संस्करणको डिभिजन टु  को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छ । विश्वकप छनोट जिम्बाबेमा यही फेब्रुवरी हुनेछ । 

Global Ime bank

यो पटक नेपालसहित,  आयोजक नामिबिया, केन्या, ओमान, क्यानडा र युएईले खेलिरहेका छन् ।  नेपाललाई उच्च श्रेणीको क्रिकेटमा रहिरहन पनि डिभिजन टु  महत्वपूर्ण छ । डिभिजन टु को अन्तिम दुई टोली डिभिजन – ३ मा घटुवा हुनेछ ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट रेलिगेसन हुँदै डिभिजन टु मा झरेको हो । आठ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल सातौं भएको थियो । नेपालले दोस्रो पटक डिभिजन टु खेलिरहेको हो । नेपालले तीनबर्षअघि नामिवियामै डिभिजन टु खेलेको थियो । जसमा नेपाल चौथो भएको थियो । 

 

नेपाल भर्सेस नामिबिया (हेड टु हेड)

सन् २००१  – आइसीसी ट्रफी : नेपाल ८ विकेटले पराजित

सन् २०१४ – आइसीसी विश्वकप छनोट (अभ्यास खेल) : नेपाल ४ विकेटले परजित

सन् २०१५ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन – २ : नेपाल ३ विकेटले विजयी

सन् २०१७ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल ५ विकेटले विजयी

सन् २०१७ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल ३ विकेटले विजयी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC