site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
मालदिभ्समा लगाइएको संकटकालप्रति ट्रम्प र मोदी चिन्तित !
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अमेयिरकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन कुराकानीका क्रममा मालदिभ्समा लगाइएको सं्रकटकालप्रति चिन्ता प्रकट गरेका हुन् । ह्वाइट हाउसले दुई जनाबीचको कुराकानीका क्रममा अफगानिस्तानको स्थिति र एशिया प्यासिफिकमा सुरक्षा बढाउने विषयमा पछि छलफल भएको जनाएको छ । 

सन् २०१८ मा ट्रम्प र मोदीबीच पहिलो पटक टेलिफोनमा कुराकानी भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

टेलिफोन कुराकानीका बारेमा जानकारी दिँदै ह्वाइट हाउसले भनेको छ, ‘‘दुबै नेताहरुबीच मालदिभ्सको राजनीतिक संकटमाथि चिन्ता व्यक्त भएको छ । लोकतन्त्र र कानूनी शासनको सम्मान गर्नेमा दुबै नेताले जोड दिएका छन् ।’’ 

ह्वाइट हाउसले ट्रम्प र मोदीबीच एशिया प्यासिफिकमा सुरक्षा र समृद्धि बढाउने विषयमा पनि कुराकानी भएको जनाएको छ । दुवै जनाले म्यान्मार र रोहिंग्या शरणार्थीको समस्या समाधानका विषयमा पनि छलफल भएको बताइएको छ । 

Global Ime bank

के हो मालदिभ्सको समस्या

मालदिभ्सको सर्वोच्च अदालतले गत बिहीबार विपक्षी दलका नौ जना उच्च नेताहरुलाई रिहाई गर्न सरकारलाई आदेश दिएको थियो । साथै अदालतले उनीहरु विरुद्ध चलाइएको मुद्दा राजनीतिबाट प्रेरित भएको पनि बताएको थियो । 

अदालतको उक्त फैसलापछि त्यहाँको राजनीतिमा संकट उत्पन्न भएको छ । अदालतको फैसलापछि मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले आदेश अस्वीकार गरेका थिए । अदालतको आदेश नमान्ने बताएपछि देशैभर सुरु भएको प्रदर्शनलाई मध्यनजर गर्दै राष्ट्रपति यामीनले १५ दिनका लागि संकटकालको घोषणा गरेका छन् । 

संकटकालपछि त्यहाँको सरकारले सर्वोच्चका प्रधान न्यायधिश अब्दुल्ला सईद र अली हमीद समेत गरी दुई न्यायाधिशलाई गिरप्mतार गरेर जेल चलान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  ०४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC