site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पर्वतारोही अरुणिमाको बायोपिकमा पहिलोपटक एकसाथ देखिँदै अमिताभ–कंगना
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलिउडमा चर्चामा रहेको अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ का निर्देशक आर. बाल्की एक अर्को बायोपिक फिल्मको तयारीमा जुटेका छन् । उक्त फिल्ममा बलिउड ‘क्वीन’ कंगना रानौत र महानायक अमिताभ बच्चन एक सथा देखिदैछन् । 

मेरी कोम, महेन्द्रसिँह धोनी र मिल्खा सिँह जस्ता दिग्गज खेलाडीहरुको जीवनीमा आधारित बायोपिकपछि अब विश्व रेकर्डधारी पर्वतारोही अरुणिमा सिन्हाको जीवन संघर्षमा बायोपिक फिल्म बन्न गइरहेको छ । यसै फिल्ममा अरुणिमा सिन्हाको भूमिका अभिनेत्री कंगना रनौतले निभाउने भएकी छन् । 

Agni Group

अरुणिमा सिन्हाको बायोपिक फिल्मका माध्यमबाट पहिलोपटक अमिताभ बच्चन र कंगना रनौत स्क्रीन शेयर गरिरहेका छन् । ‘अरुणिमाः अ स्टोरी अफ माउन्टेनियर’ नाम राखिने उक्त फिल्मलाई सन् २०१९ को गणतन्त्र दिवस आसपासमा प्रदर्शन गरिने बताइएको छ ।

एक खुट्टा नभएपछि अनेक अप्ठ्याराहरुको सामना गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल अरुणिमा सिन्हाको भूमिका निभाउन कंगनाले बढी मेहनत गर्नु पर्नेछ । 

Global Ime bank

कंगना रनौत अहिले बायोपिक फिल्म ‘मणिकर्णिका’ को छायांकनमा व्यस्त छिन् । त्यस्तै अमिताभ बच्चन फिल्म ‘१०२ नट आउट’ को तयारीमा जुटेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC