site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के हो अन्तरिक्षमा घुम्ने यस्तो खगोलीय बस्तु ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । झण्डै–झण्डै काँक्रो जस्तै आकार भएको बस्तु अन्तरिक्षमा परिक्रमा गरिरहेको छ । बैज्ञानिकहरुले आगामी अरबौं वर्षसम्म यसले अन्तरिक्षमा फन्को लगाइरहने बताएका छन् ।

सौर्य मण्डलभन्दा बाहिरको क्षुद्र ग्रहसँग ठोक्किएर उत्पन्न भइरहेको उज्यालोमा केन्द्रीत रहेर गरिएको अनुसन्धानपछि बेलफास्टका वैज्ञानिकहरुले उक्त बस्तुका बारेमा यस्तो बताएका हुन् । क्वीन्स यूनिभर्सिटीका डक्टर वेस फ्रेजर भन्छन्, “कुनै न कुनै बेला यसको घर्षण भएको हुन सक्छ ।’’ 

Agni Group

वैज्ञानिकहरुलाई आफुतिर आकर्षित गरेको उक्त खगोलीय वस्तुलाई ‘ओउमुआमुआ’ नाम दिइएको छ । ओउमुआमुआ कुनै अन्य सौर्यमण्डलबाट आएको वैज्ञानिकहरुको भनाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार आकाशका यसको मार्गबाट यो खगोलीय बस्तु हाम्रो छिमेकी सौर्यमण्डलबाट उत्पन्न भएको होईन । सुरूमा यसलाई धूमकेतु हुन सक्ने अनुमान गरिएको थियो । तर यसमा धूमकेतुको व्यवहार जस्तै धुलो कण, बरफ र ग्यास मिश्रित संरचना केही फेला पर्न सकेन । 

Global Ime bank

ओउमुआमुआ क्षुद्रग्रह जस्तो छ । तर यसको आकार असामान्य छ किनकी यसलाई सिगार अथवा काँक्रो जस्तो भनिएको छ । यसको अधिकतम लम्बाई–चौडाई २ सय मिटर रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC