site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सार्वजनिक पदमा पुग्नेबित्तिकै व्यक्तिलाई विशिष्ठ ठान्ने र राज्यको ढुकुटीमा विशेष पहुँच हुनुपर्छ भन्ने मान्ने प्रवृत्ति सामन्तवादी हो । हेटौंडा नगरपालिकाको प्रदेश नम्बर ३ का सदस्यहरूलाई सहुलियत दरमा घडेरी उपलब्ध गराउने निर्णयमा पनि यही प्रवृत्ति प्रकट भएको छ । भौगोलिक दृष्टिबाट प्रदेश नम्बर ३ को राजधानीका लागि हेटौंडा उपयुक्त देखिँदैन । प्रदेश सभामा हेटौंडाको विपक्षमा दुई तिहाइ बहुमत पुग्नसक्छ । यही कारणले प्रदेश सभा सदस्यहरूलाई रिझाउन हेटौंडा नगरपालिकाले सस्तोमा घडेरी दिएर उनीहरूलाई लोभ्याउन खोजेको हुनुपर्छ । प्रदेश सभाका अधिकांश सदस्यले मुख मिठ्याइसके होलान् । नत्र, विवेकशील साझा पार्टीका सदस्यहरूले जस्तै अरूले पनि घडेरी नलिने घोषण गर्थे ।

 हेटौंडा घडेरी काण्ड सर्वदलीय सहमतिमा राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्तिकै निरन्तरता हो । हेटौँडा नगरपालिकाले जस्तै अरू प्रदेशका राजधानी नगरपालिकाले पनि प्रदेश सभाका सदस्यहरूलाई लोभ्याउन सुविधा दिने आशा पलाएको हुनुपर्छ । विशेषगरी १, ५ र ७ नम्बर प्रदेशमा प्रदेशको राजधानी हेटौँडाजस्तै भौगोलिक दृष्टिले एउटा कुनामा पर्छ । त्यहाँबाट राजधानी सार्ने प्रयास हुनसक्छ । त्यस अवस्थामा आफ्नो पक्षमा बहुमत सदस्यको समर्थन जुटाउन अरू नगरपालिकाहरूले पनि विशेष प्रयास गर्नसक्छन् । आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासलाई अनुचित भन्न पनि मिल्दैन । तर, त्यस्तो प्रयासमा सार्वजनिक हितमा सम्झौता वा स्रोतको दुरुपयोग हुनुहुँदैन । हेटौंडा नगरपालिकाले यही गल्ती गरेको हो । नियतमा खोट नहुनसक्छ तर तरिका सही भएन । 

सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको हुनेगरी दिनु वा लिनु भ्रष्टाचार नै हो । हेटौँडा नगरपालिकाको निर्णय कार्यान्वयन भयो भने त्यो अख्तियार दुरुपयोगको उदाहरण बन्नेछ । हेटौंडा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बहुमत छ । त्यसैगरी, ३ नम्बर प्रदेश सभामा पनि एमालेकै बहुमत छ । अर्थात्, सुविधा लिने र दिनेमा एउटै पार्टीका नेताहरू धेरै छन् । यसले पनि हेटौँडा घडेरी काण्डलाई भ्रष्टाचारकै एउटा कोटीमा पार्छ । राजनीतिक सहमतिमा सार्वजनिक सम्पत्ति हिनामिना गर्ने चलन केही वर्ष यता निकै बढेरको छ । पुराना दलहरू एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)का सदस्यहरूका लागि सरकारी दरमा घडेरी लिन वा दिन लाज र डर केही नलाग्न सक्छ । तर, सरकारी ढुकुटी दोहन गर्ने बानी नपरेका विवेकशील साझा पार्टीका सदस्यले घडेरी नलिने घोषणा गरेर नैतिकताको बाटो देखाएका छन् । उनीहरूलाई साधुवाद भन्न हिचकिचाउनु पर्दैन । निर्णयमा प्रभावित पार्न बहुमतै चाहिन्छ भन्ने हुँदैन । आगामी दिनमा पनि यस्तै अडान प्रकट गर्नसके विवेकशील साझा पार्टी जनतामा स्थापित हुनेछ । हेटौँडाका घडेरी प्रदेश सभाका सदस्यलाई सरकारी दरमा किस्ताबन्दीमा दिने निर्णय कार्यान्वयन नगर ! 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC