site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
को हुन शपथ लिन तयार यी मुख्यमन्त्री ?
Ghorahi CementGhorahi Cement

सात प्रदेशका सात मुख्यमन्त्री शपथ लिनका लागि तयार भएका छन् । यी मुख्यमन्त्री को हुन ? यिनको विगत र वर्तमान के हो भन्ने विषयमा धेरैलाई चासो हुनु स्वभाविक पनि हो । आजका सबैजसो दैनिकले कुनै न कुनै रुपमा मुख्यमन्त्रीको विषयमा समाचार प्रकाशित गरेका छन् । अंग्रेजी दैनिक द काठमाडौं पोस्टले सातैजना मुख्यमन्त्री हुने व्यक्तिको तस्विर सात कोलममा प्रकाशित गरेर तिनको विषयमा जानकारी पनि दिएको छ । मुख्यमन्त्रीको विषयमा द काठमाडौं पोस्टले पस्केको समाचारमा यथेस्ट जानकारी छ । 

प्रदेश नंबर १ मा मुख्यमन्त्रीको शपथ लिन तयार भएका शेरधन राई पूर्व मन्त्री पनि हुन् । उनी एमालेको प्रदेश १ का इन्चार्ज हुन् । भोजपुरमा जन्मेका ४६ वर्षिय राईले समाजशास्त्रमा स्नातकोत्तर डिग्री लिएका छन् । २०४३ सालमा अनेरास्ववियुको सदस्यका रुपमा राजनीतिमा प्रवेश गरेका राई अविवाहित छन् । 

प्रदेश नं २ बाट मुख्यमन्त्रीको जिम्मेवारी लिन लागेका मोहम्मद लालबाबु राउत पर्सा जिल्लाबासी हुन् । मुस्लिम समुदायका राउत दोस्रो संविधान सभामा समानुपातिकबाट निर्वाचित भएका थिए । मंसीर २१ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा राउत पर्सा २ (क) बाट निर्वाचित भएका थिए ।

Agni Group

प्रदेश नं ३ मा डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त भइसकेका छन् । उनी संघीय नेपालको पहिलो मुख्यमन्त्रीको शपथ लिने व्यक्ति बनेका छन् । उनी हेटौंडाका मेयर रहिसकेका छन् भने नगरपालिका संघको सभापति पनि हुन् । पुराना शिक्षक पौडेल नेपालको विकेन्द्रीकरण तथा स्थानीय सरकारका विषयका ज्ञाता पनि हुन् ।

प्रदेश नं ४ मा पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीको शपथ लिन तयार भएका छन् । लमजुङका वासिन्दा गुरुङले एमाले पार्टीको धेरै पदमा रहेर काम गरिसकेका छन् । वि.सं. २०३५ सालदेखि उनी एमालेको आदीवासी जनजाती विभाग तथा अन्य विभागमा सक्रिय रहेका छन् । गुरुङ पहिले सांसद तथा मन्त्री भइसकेका छन् ।
प्रदेश नं ५ मा शंकर पोखरेल मुख्यमन्त्री हुने पक्का भएको छ । पोखरेल संसदमा २०५० सालमा दाङ २ बाट निर्वाचित भएका थिए । यसपल्ट भने उनी प्रदेशसभामा विजयी भएर मुख्यमन्त्री हुने लाइनमा बसेका थिए । एमालेका स्थायी समितिका सदस्य पनि हुन ।

Global Ime bank

प्रदेश नं ६ बाट मुख्यमन्त्री हुन लागेका महेन्द्र बहादुर शाही अब बाहिरिन लागेको मन्त्रिपरिषदमा उर्जा मन्त्री थिए । उनी माओवादी विद्रोहका बेला माओवादीका कमाण्डर थिए । दोस्रो संविधान सभामा उनी कालिकोटबाट विजयी भएका थिए ।

प्रदेश नं ७ बाट माओवादीकै त्रिलोचन भट्ट मुख्यमन्त्री हुँदैछन् । उनी प्रदेशसभामा डोटीबाट निर्वाचित भएका हुन् । भट्ट माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा डोटी जिल्लाका सभापति पनि हुन् । अखिल भारत एकता समाजबाट उनले २०४७ सालमा राजनीतिमा प्रवेश गरेका हुन् । 

जन्म थर कि बिहे थर ? 

नागरिक दैनिकले समानुपातिकमा महिला उमेदवार छान्दा तिनको माइतीको थर लागू हुने कि घरको थर भन्ने विषयमा प्रश्न सहित समाचार प्रकाशित गरेको छ । जस्तो शंकर पोखरेलकी श्रीमती सुजाता पोखरेल जन्मले शाक्य हुन् त्यसैले जनजाती भइन र जनजाती कोटाबाट समानुपातिक बाट चुनिइन । उता देव गुरुङकी पत्नी यशोदा जन्मले सुवेदी भइन । तर गुरुङको थर लिंदा समानुपातिकमा परिने कारणले उनले भने श्रीमानको थरको भर परेर समानुपातिकमा स्थान बनाइन । यस्तै प्रश्न एमालेका नेता बामदेव गौतमकी श्रीमती तुलसा थापाको विषयमा उठेको छ । उनी जनजातीबाट एमालेको कोटामा परेकी छिन् भने लिलामणि पोखरेलकी श्रीमती शशि श्रेष्ठ पनि माइतिको थरबाट जनजातिको कोटामा सांसद बन्ने तयारीमा छिन् । कांग्रेसकी पार्वती डिसी चौधरी थारु समुदायबाट सांसद बन्ने संभावना छ । पार्वतीको जन्म थर भने डाँगी क्षत्री वा डिसी हो । नागरिक भन्छ यी उदाहरणले महिलालाई कुन थरको आधारमा वर्गिकरण गर्नुपर्ने हो भन्ने प्रश्न उब्जिएको छ । 

पासवानको उपचार खर्च ७३ लाख

पूर्वजनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले सरकारसँग आफ्नो प्यान्क्रियाजको उपचारका लागि लागेको खर्च भनेर ७३ लाखको बिल पेस गरेका छन् । तर उनको खर्चभन्दा बिल दोब्बर देखिएकाले स्वास्थ्य मन्त्रालयका कर्मचारीले रकम भुक्तानी गर्न गाह्रो हुने बताएपछि उनी प्रेसर कम भयो भनेर मन्त्रालयको सोफामानै एकछिन ढलेको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेको छ । औषधि उपचार मात्र होइन खाजा खाएको, बस चढेको बिल समेत उनले पेस गरेका छन् । अझ बैंकबाट भनेजति भारु नपाएकाले कालो बजारमा साट्नु परेको भन्दै त्यसको बिल समेत उनले भर्पाइका लागि पेस गरेको खबर नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।

सम्पादकीय

मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेपछि शिक्षा मन्त्रालय र मातहत कार्यालयले गर्ने काम संघ, प्रदेश र स्थानीय तहमा गरी तीन तहमा बाँडिएको छ भन्दै कान्तिपुरको आजको सम्पादकीय लेख्दछ, ‘चैत्र २८ बाट सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा कार्यालय हुने छैनन् । शिक्षा मन्त्रालयका शिक्षा विभाग र अन्य केन्द्रीय कार्यालय भने रहने वा नरहने निक्र्यौल हुन बाँकी छ ।’ शिक्षाका सबै कर्मचारी स्थानीय तहसम्म नपुगेको र कतिपय तथ्यांक तलसम्म नगएको कारण संक्रमणकालीन व्यवस्थापनमा सरकार गंभीर नभएको कान्तिपुरको आरोप छ । लाखौं विद्यार्थी, शिक्षक, कर्मचारीसँग प्रत्यक्ष जोडिएको सरोकारमा शिक्षा मन्त्रालय नेतृत्वको उदासीनतालाई कान्तिपुरले लज्जास्पद भनेको छ । 

सोमवारका नागरिक तथा गोरखापत्रले चमेलियाको बिजुलीको पाठका सम्बन्धमा सम्पादकीय लेखेका छन् । नागरिक भन्छ चमेलिया ढिलै भए पनि निर्माण सम्पन्न हुनु जति सुखद हो त्यति नै दुःखद यसलाई ढिलो गरेर लाभान्वित हुनेमाथि कारबाही नहुनु । गोरखापत्रले पनि चमेलियाले सुखद र दुःखद पाठ सिकाएको कुरामा जोड दिएको छ । यो आयोजनाका लागि तोकिएको समयभन्दा दोब्बर समय र करिब दोब्बर लागत लागेको कुरा गोरखापत्रले उठाएको छ । तर लागतको विषयमा भने शुरुमानै चलनचल्तीको भन्दा दोब्बर लागत बनाइएको र सकिंदा तेब्बर लागत लागेको कुरा पनि सो दैनिकले सम्झाएको छ । आयोजना शुरुहुँदा प्रति मेगावाट लागत करिब १५ मेगावाट हिसाब गरिँदा नै दोब्बर हिसाब गरिएको र सकिंदा प्रति मेगावाट ५३ करोड पुगेर रेकर्ड कायम गरेको गोरखापत्रले जनाएको छ । ३० मेगावाटको यो आयोजना सकिंदा १५ अर्ब ९० करोड खर्च भएको छ । 

तर, सुखद कुरा के हो भने यो आयोजनाले गर्दा दार्चुला र बैतडीमा भौतिक पूर्वाधार विकास हुनाका साथै यही पूर्वाधार प्रयोग गरेर अरु निजी लगानीका आयोजना पनि बनेका छन् । साढे आठ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न भइसकेको छ भने ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्यचमेलिया, ६५ मेगावाटको कलिङ्गाड, २५ मेगावाटको छत्तिसगाड लगायतका १९० मेगावाट क्षमताको आयोजना निर्माणाधीन छन् । 

अन्नपूर्ण पोस्टले काठमाडौंको वायु प्रदुषणको विषयलाई सम्पादकीय बनाएको छ । वायुको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्सले ५० सम्मका लागि राम्रो, ५१ देखि १०१ सम्म बालबालिका तथा बृद्धलाई घरबाट बाहिर ननिस्कन सुझाव र १०१ देखि १५० सम्म श्वासप्रश्वाससम्बन्धी रोग भएका तथा बालबालिकालाई संवेदनशील मानिएकोमा काठमाडौंमा साधारणतया १०१ देखि माथि र कहिले १५० भन्दा उँभो पनि जाने गरेको छ । यसका लागि सवारी साधनको धुँवा नियन्त्रणका साथै धुलो नियन्त्रण गर्नका लागि प्रभावकारी काम गर्नुपर्नेमा पोस्टको जोड रहेको छ । राजधानीले मुग्लिङ–नारायणगढ सडक खण्डमा आवागमन रोकेर काम भएकाले धेरै यात्रुले सास्ती पाएको विषयमा सम्पादकीय लेखेको छ भने नयाँ पत्रिकाले सहरको पैसा विस्तारै गाउँतिर गएको विषय सकारात्मक भएको टिप्पणी गर्दै सम्पादकीय लेखेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC