site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दलको नेताका लागि ७ नम्बर प्रदेशमा ६ आकांक्षी, आरजु देउवाको हस्तक्षेप प्रयास 
Sarbottam CementSarbottam Cement

धनगढी । प्रदेश नम्बर ७ मा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ६ जना प्रदेशसभा सदस्य आकांक्षी देखिएका छन् ।  वाम गठवन्धनले संसदीय दलको नेताको रुपमा त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने लगभग निश्चित भए पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन ।

प्रदेश सभा सदस्यमध्ये डाक्टर रणवहादुर रावल, भरत खड्का, कर्ण मल्ल, गोविन्द बोहोरालाई मुख्य दावेदारका रुपमा हेरिएको छ । त्यसबाहेक डिल्लीराज पन्त र यज्ञराज पाठक पनि दलको नेताका लागि प्रयासरत छन् ।

कतिपय नेताले दलको नेताका लागि सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई पनि भेट गरिसकेका छन् । आरजुले पनि आफू निकटका व्यक्तिलाई दलको नेता बनाउन केन्द्रीय प्रतिनिधिलाई दबाब दिएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

खड्का आफु ४४ वर्षदेखि राजनीतिमा अनवरत रुपमा लागेकोले संसदीय दलको नेता आफु हुनुपर्ने बताउँछन । “रहर र ईच्छाभन्दा पनि राम्रो काम ईमान्दारीपूर्वक गर्नका लागि मैले दावी गरेको हुँ,” उनले भने, “यसअघिको अनुभव भएको र सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न सक्ने क्षमता मसँग छ । सवैले मलाई संसदीय दलको नेता बनाउनेछन् भन्ने आशा छ ।”

डा. रावल पनि आफ्नो नाममा सहमति जुट्नेमा  विश्वस्त देखिन्छन् ।

Global Ime bank

“कसैले पनि विरोध गर्ने छैनन् । सबै सदस्यहरुले त्यही प्रतिवद्धता जनाउनुभएको छ,” रावलले भने, “यसमा सवै साथीहरुले अप्रत्यक्ष रुपमा मलाई नै सहयोग गर्ने भनेका छन । म नै संसदीय दलको नेता हुन्छु भन्नेमा ढुक्क छु ।” 

डडेल्धुरा जिल्ला सभापति मल्ल पनि जिल्ला हाँकेका कारण आफु संसदीय दलको नेता हुने बताउँछन । “मैले दुई कार्यकाल जिल्ला हाँकेको अनुभव छ । सवैले मेरो नेतृत्व हेरेका छन र पत्याएका छन्,”उनले भने, “प्रदेश सभाका सबै सदस्यमध्ये जिल्ला सभापति म एक्लै भएकोले मलाई नै संसदीय दलको नेता बनाउँछन । यो सवैको सहमतिमै हुन्छ ।” 

डडेल्धुराका प्रदेशसभा सदस्य गोविन्द बोहरासँगै कैलालीका प्रदेशसभा सदस्य डिल्लीराज पन्त र कञ्चनपुरका प्रदेशसभा सदस्य यज्ञराज पाठकले पनि संसदीय दलको नेतामा आफ्नो दाबी गरिरहेका छन । 

१४ जना प्रदेश सभा सदस्य रहेको प्रदेश नम्बर ७ कांग्रेसमा संसदीय दलको नेता चयनका लागि कांग्रेसले केन्द्रीय सदस्य एनपी सावदलाई प्रतिनिधि खटाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC