site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शाश्वत धाममा बुद्धिष्ट सेन्टर स्थापना हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । 

सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । बौद्ध धर्मका ९ जना गुरूहरुले विधिवत पूजा अर्चना गरि प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो । शाश्वत धाममा दर्शन एवं भ्रमणमा आउने भक्तजनहरूका लागि आठ फिट अग्लो उक्त बुद्ध मूर्ति थप आकर्षक हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

बुद्धिष्ट सेन्टरमा बुद्ध धर्मस“ग सम्वन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका दुर्भल वस्तुहरूको संग्रह रहनेछ । बुद्ध धर्मका अनुसन्धाता, अनुयायी एवं धार्मिक पर्यटकहरूका लागि यो सेन्टर विशेष महत्वको रहनेछ ।

‘शाश्वत धामलाई सनातन धर्मको विशेष पावन भूमीका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । सनातन धर्ममा विश्वास राख्ने विश्वभरका अनुयायीका लागि यो गर्व गर्न लायक स्थान बनाउन सकियोस् भन्ने सोंचका साथ हामी शाश्वत धामको विकास गरिरहेका छौ“’, शाश्वत धामका फाउण्डिङ ट्रष्टी विनोद चौधरीले भने, ‘अहिले हामी यहि सोंचलाई व्यवहारमा रूपान्तरण गरिरहेका छौ“ ।’ 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC