site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘फ्याक्ट्स अफ नेपाल २०१८’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०१८’ सार्वजनिक गरेको छ ।

यो वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स) हरु समावेश गरिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरल र जानकारीमुलक ढङ्गबाट गरिएको क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको छ । यो पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्र लगायतका १८ क्षेत्रहरु समेटिएका छन् । 

यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको चौथो संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको कम्पनीले जनाएको छ ।

Global Ime bank

पछिल्लो संस्करणजस्तै, यो संस्करणको मूल्य पनि ३ सय रुपैयाँ राखिएको छ ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC