site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रिकेट कप्तान पारस, फुटबलका किरणसहित ३५ खेलाडीलाई एनएनआइपिए बर्ष खेलाडी अवार्ड
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङसहित विभिन्न खेलका ३५ खेलाडी एनएनआइपिए बर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार टोखामा आयोजना गरेको एक कार्यक्रममा क्रिकेटका कप्तान पारस र फुटबलका किरणसहित २०७३ सालका ३५ उत्कृष्ट खेलाडीलाई एनएनआइपिए उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरेको हो । एनएनआइपिएले सबै ३५ खेलाडीलाई ट्रफी तथा नगद १० – १० हजारले सम्मानित गरेको हो  । नगदमध्ये ५ हजार खेलाडीको खेल संघ र थप ५ हजार एनएनआइपिएले उपलब्ध गराएको हो ।

अवार्ड कार्यक्रममा कप्तान पारस र किरण भने उपस्थित भएनन् । कप्तान पारस आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न नामिबियामा रहेका छन् । यस्तै नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण भारतीय लिग आईलिग क्लब मीनरेभा पन्जाबबाट व्यावसायिक फुटबल खेल खेलिरहेका छन् ।

Agni Group

एनएनआइपिएले गत बर्ष पूर्वाञ्चालमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको ३५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको हो । एनएनआइपिएले  क्रिकेट, फुटबलसहित  भलिबल, तेक्वान्दो, जुडो,कराते, उसु, आर्चरी, सुटिङ, बक्सिङ, एथ्लेटिक्स, भारोत्तोलन, पौडी, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी र  जिम्न्यास्टिक खेलका खेलाडीलाई सम्मानित गरेको हो  ।

यस्तै गल्फ, कुस्ती, लन टेनिस, ब्याडमिन्टन, साइक्लिङ, ट्रायथलन, बास्केटबल, ह्यान्डबल, हक्की, चेस, स्क्वास, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो र  फुल कन्ट्याक्ट करातेका उत्कृष्ट खेलाडी पनि सम्मानित भएका छन् ।

Global Ime bank

यस्तै एनएनआइपिएले भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडी सम्मानबाट सम्मानित गरेको छ । दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई १३ पदक दिलाएका जोशीलाई मरणोपरान्त नगद २५ हजारसहित आदर्श खेलाडीबाट सम्मानित गरेको हो ।

त्यस्तै एनएनआइपिए पत्रकारिता सम्मानबाट सञ्चारकर्मी श्याम चित्रकार सम्मानित भए  । खेलकुद फोटो पत्रकारका रुपमा सक्रिय रहेका चित्रकारलाई नगद १५ हजार सहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।

एनएनआइपिए उत्कृष्ट अवार्ड विजेता :

क्रिकेट  – पारस खड्का

फुटबल  – किरण चेम्जोङ 

भलिबल – प्रतिभा माली

जुडो –  फुपु ल्हामु खत्री

उसु – निमा घर्ती मगर

कराते – परशुराम बास्तोला

ब्याडमिन्टन – रत्नजित तामाङ

बास्केटबल – सदिश प्रधान

तेक्वान्दो – रेजिना कार्की

आर्चरी– प्रेमप्रसाद पुन 

पौडी –शीरिष गुरुङ

एथलेटिक्स – कान्छीमाया कोजु

टेबल टेनिस –  स्यान्टु श्रेष्ठ

शुटिङ– अस्मिता राई

बक्सिङ–सुनिल थापा

भारोत्तोलन – दिनेश थापा

जिम्न्याष्टिक –  राजु राई

लन टेनिस – मयांका राणा

कबड्डी – विजयकुमार चन्द

सफ्ट टेनिस– प्रदीप खत्री

ह्यान्डबल – उमा राई

साइक्लिङ – राजेश मगर

हक्की –प्रदीप राजवंशी

चेस – मदनकृष्ण कायस्थ

स्क्वास –अरहन्त केशर सिंह

फुल कन्ट्याक्ट कराते – सुष्मि श्रेष्ठ

आइटिएफ तेक्वान्दो – तुलसा राजथला

सेपाकताक्रो –अनिल गुरुङ

खोखो – दिल कुमारी तामाङ

शारीरिक सुगठन –महेश्वर महर्जन 

स्नुकर एन्ड बिलियार्ड– दीपक मगर

फेन्सिङ – सन्दीप लामा

गल्फ – शुक्रबहादुर राई

ट्रायथोलन – बसन्त थारु

कुस्ती –  सरोज यादव

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC