site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दक्षिण भारतमा रुचाइएन अक्षय कुमारको ‘प्याडम्यान’ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत साता प्रदर्शनमा आएको अक्षय कुमारको फिल्म ‘प्याडम्यान’ बलिउड बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्ममा उठान गरिएको महिनाबारीको समस्या र अक्षय कुमारले निभाएको भूमिकाले अहिले चर्चा पाइरहेको छ । 

साथै फिल्ममा अक्षय कुमारसँगै अभिनेत्रीहरु सोनम कपूर र राधिका आप्टेपनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । यो फिल्मले प्रदर्शनको पहिलो दिनमै १०.२६ करोड रुपैयाँ आम्दानी गरेको थियो । अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ ले तीन दिनमा ४० करोड रुपैयाँको कारोबार गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर दक्षिण भारतमा यो फिल्म दर्शकलाई सिनेमा घरसम्म तान्न असफल देखिएको छ । साउथमा अक्षय कुमारको फिल्म गैर तमिल भएका कारण बक्स अफिसमा दोस्रो नम्बरमा चलिरहेको छ । 

अक्षय कुमारको ‘प्याडम्यान’ लाई तमिल फिल्म ‘कलाकलपपू २’ ले कडा टक्कर दिइरहेको छ । यो तमिल फिल्म हेर्न दर्शकहरु सिनेमा घर पुगिरहेका छन् । फिल्म ‘कलाकलपपू २’ चेन्नई बक्स अफिस कलेक्शनमा पहिलो नम्बरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC