काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा एक पटक फेरि सलमान खानका साथ स्क्रीन शेयर गर्न गइरहेकी छिन् । आगामी फिल्म ‘दबंग ३’ भन्दा अगाडि नै ‘दबंग’ स्टार्स एक साथ देखिने भएका हुन् ।
सोनाक्षी सिन्हाको कमेडी फिल्म ‘वेलकम टू न्यूयार्क’ मा सलमान एक नृत्यमा देखिने भएका छन् । करण जौहर, रितेश देश्मुख, सुशान्त सिंह राजपूत र लारा दत्ताले अभिनय गर्ने भनिएको उक्त फिल्ममा सलमान खानको नाम पनि जोडिएको छ ।
साजिद वाजिदले कम्पोज गरेको ‘नैन फिसल गए’ मा सोनाक्षी सलमानका साथ स्क्रीन शेयर गर्ने छिन् । सलमानसँग स्क्रीन शेयर गर्न पाउँदा अत्यन्तै उत्साहित भएकी सोनाक्षीले भनिन्, ‘‘दबंग र दबंग २ पछि सलमानका साथ तेस्रो फिल्म गर्न पाउँदा म अत्यन्तै उत्साहित छु । न्यूयोर्कमा यो रोमांटिक र मेलोडियस गीतलाई रामाईलोसँग शूट गरिएको छ ।’’
फिल्म ‘वेलकम टू न्यूयोर्क’ का निर्देशक चाकरी तोलतीले फिल्मका निर्माताले गीतमा अभिनयका लागि अफर गर्दा सलमान तुरुन्तै तयार भएका बताएका छन् । सोनाक्षी र सलमानको नयाँ फिल्म ‘दवंग ३’ को केही महिनापछि छायांकन हुने बताइएको छ ।