site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा परमाणु आक्रमण भए कहाँ लुक्लान् डोनाल्ड ट्रम्प !
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न भए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कस्तो सुरक्षित स्थानमा राखिएला ? पूर्व अमेरिकी राष्ट्रपति ट्रूमेनदेखि ट्रम्पसम्मका सबै अमेरिकी राष्ट्रपतिहरुलाई यस्तो अवस्थामा बंकरमा बस्ने सुविधा रहेको बीबीसीले जनाएको छ । 

राष्ट्रपति ट्रम्पका लागि कति बंकर छन् ?
 

परमाणु परमाणु आक्रमणको खतरा उत्पन्न भए राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक सुरक्षित स्थानमा राखिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

सम्भावित आक्रमणको खतरालाई मध्यनजर गर्दै ह्वाइट हाउसमुनी सन् १९५० मा बंकर निर्माण गरिएको थियो । त्यस्तै भर्जिनियाको ब्लू रिज माउन्टेनमा माउन्ट वेदर नामक चुचुरोमा अर्को बंकर बनाइएको छ । 

अमेरिकाको जलसेना (नेवी) ले तत्कालीन राष्ट्रपति जोन एफ केनेडीका लागि ‘पीनट आइल्याण्ड’ नामक बंकर निर्माण गरेको थियो । यो बंकर फÞ्लोरिडाको पाम बीच हाउस नजिकै रहेको छ । जहाँ अमेरिकाका तत्कालीन राष्ट्रपति केनेडी गइरहन्थे ।

Global Ime bank

राष्ट्रपति केनेडीका लागि ‘पीनट आइल्याण्ड’ मा बनाइएको उक्त बंकरमा रेडिएशनबाट बचाउने क्षमता थियो । पाम बीच हाउस र बंकरबीचको दूरी केवल १० मिनेटको रहेको बीबीसीले जनाएको छ । ९७ हजार अमेरीकी डलरमा निर्माण गरिएको यो बंकरलाई ‘डिटेचमेन्ट होटल’ पनि भनिन्छ । 

अमेरिकाका राष्ट्रपति ट्रम्पसँग पनि परमाणु आक्रमणबाट बच्न निजी बंकर रहेको छ । जुन फ्लोरिडामा रहेको ‘मार–ए–लागो’ नाम गरेको उनकी निजी सम्पतिमा निर्माण गरिएको छ । 

बंकरमा को–को जान सक्छन् ?

अमेरिकी राष्ट्रपतिका लागि सम्भावित परमाणु आक्रमणबाट बच्न पीनट आइल्याण्ड, ह्वाइट हाउस र माउन्ट वेदरमा गरी तीन वटा बंकर रहेका छन् । 

पीनट आइल्याण्डमा रहेको बंकरमा राष्ट्रपतिका साथ–साथै उनका झण्डै १२ जना सहयोगी र सचिव जान सक्छन् । यो बंकरमा २० जना मानिसहरु बस्ने स्थान छ । 
९/११ मा भएको आक्रमणका दौरान व्हाइट हाउस बंकरमा तैनाथ रहेका मरीन रबर्ट डार्लिंगका अनुसार अमेरीकी अधिकारीहरुले राष्ट्रपति समेत उन नजिक रहेका शीर्ष पदमा आसिन व्यक्तिहरुका लागि बंकरमा बस्ने व्यवस्था गरेका हुन्छन् । 

के परमाणु आक्रमणबाट बचाउ सक्छ बंकर ?
 

भर्जीनियाको माउन्ट वेदर आसपास रहने मानिसहरु यसलाई ‘डूम्सडे सिटी’ अर्थात प्रलयको दिन वाला शहर भन्दछन् । ब्लूमाउन्ट, भर्जीनियास्थित १७ सय ५४ फिट उचाईमा रहेको माउन्ट वेदर चुचुरोलाई राष्ट्रपति र उनका सहयोगीहरुका लागि बंकरमा परिणत गरिएको छ । माउन्ट वेदरको रेखदेख अमेरीकी ‘फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सी’ अर्थात फेमाले गर्ने गर्दछ । 

वन नेशन अण्डरग्राउण्ड नामक पुस्तककी लेखिका कैनेथ रोज भन्छिन्, ‘‘यदी बंकरमाथि सोझै आक्रमण गरिए कुनै पनि प्रकारको सुरक्षा काम लाग्दैन । त्यहाँ ऊर्जा र तापमान अत्यन्तै धेरै हुन्छ ।’’

http://www.bbc.com/hindi/international-43027750

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC