site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
को हुन् भ्यालेन्टाईन सप्ताहमा भाईरल भएकी युवती ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । भ्यालेन्टाईन सप्ताहमा एउटा भिडियोले सामाजिक सञ्जालमा कब्जा जमाएको छ । यो भिडियो अत्यन्तै गतिमा भाईरल भइरहेको छ । त्योभन्दा कयौं गुना तीव्र गतिमा भाईरल भइरहेको छ, भाईरल भिडियोमा देखिने अभिनेत्री । 

इन्टरनेट सेन्सेशन बनेकी ती अभिनेत्री हुन् प्रिया प्रकाश वरियर । प्रिया मलयालम फिल्म ‘ओरु अदार लव’ बाट फिल्ममा डेब्यू गर्न गइरहेकी छिन् । इन्टरनेटमा भाईरल भइरहेको भिडियो यसै फिल्मको गीत हो । 

Agni Group

१८ वर्षिया प्रिया प्रकाश वरियरको जन्म केरलमा भएको हो । हालै ‘ओरु अदार लव’ मा समावेश गीतको एक भिडियो क्लिप भाईरल भइरहेको छ । जसमा सामाजिक सञ्जाल प्रयोगकर्ता प्रियाको ‘एक्सप्रेशन्स’ का फ्यान भइरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु गीतबाट प्रियाको ‘एक्सप्रेशन’ युक्त तस्बिर लिँदै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । प्रयोगकर्ताहरुले प्रियालाई ‘एक्सप्रेशन्स क्वीन’ बनाइरहेका छन् । 

Global Ime bank

गीतलाई अत्यन्तै मेहनतका साथ छायांकन गरिएको छ तर गीतको एक सीन भाईरल भइरहेको छ, जसमा मुख्य भूमिका निभाई रहेकी प्रिया प्रकाश वारियर आफ्नै विद्यालयमा अध्ययन गर्ने छात्रका साथ आँखा लडाई रहेको देखिन्छ ।

भिडियो विद्यालयमा छात्र–छात्राबीच हुने प्रेममा आधारित छ । भिडियोमा टीनएजर्स विद्यार्थीहरु बिना शब्द इसाराको भाषामा एक–अर्कासँग कसरी प्रेम दर्शाउँछन् भन्ने देखाउन खोजिएको छ । 

उक्त भिडियो भाईरल हुनुमा भ्यालेन्टाई डे सबैभन्दा ठूलो कारण देखिएको छ । यो भिडियोलाई भ्यालेन्टाईन डे को प्रतीकका रुपमा भाईरल बनाईदै छ । यो भिडियोले प्रायः जसो सामाजिक सञ्जालकर्ताहरुलाई आफुले विद्यालयमा विताएक दिनहरु ताजा स्मरण गराइरहेको छ । 

प्रिया प्रकाशको डेब्यू फिल्म ‘उरु अदार लव’ प्रदर्शन अगावै चर्चामा आएको छ । यो फिल्म आगामी मार्च ३ मा प्रदर्शन हुने बताइएको छ । फिल्म ‘स्कूल स्टूडेन्ट’ को जीवनमा आधारित छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  ०२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC