site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा तीनपांग्रे गाडीको भविष्य राम्रो छ
Ghorahi CementGhorahi Cement

नेपालको दुगड गु्रपसँगको सहकार्यमा भारतको पिउजो भेइकल्स प्रालिले अर्को साता नेपालका १३ स्थानमा एकैसाथ तीनपांग्रे अटो लन्च गर्न लागेको छ । हाल ४२ देशहरुमा पिउजो कम्पनीका तीनपांग्रे सवारी साधन चल्दै आएका छन् । 
प्याजिओ कम्पनीले दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे व्यावसायीक सवारी साधनहरु निर्माण गर्छ । नेपालमा तीनपांग्रे गाडी लन्च गर्ने सिलसिलामा काठमाडौं आइपुगेका पिउजोेका एसोसिएटेड भाइस प्रेसिडेन्ट सुधांशु अग्रवालसँग बह्रखरीका विजेता चौधरीले गरेको कुराकानी ।

तीनपांग्रे अटोरिक्सा नेपालमा ल्याउनुको उद्देश्य के हो ?
हामीले नेपालको तराईमा यसअघि नै पिउजोका गाडी लन्च गरिसकेका छौं । केही नयाँ ठाउँमा पहिलो पटक ल्याउने तयारी गर्दैछौं । तराईमा हाम्रो तीन हजार गाडी चलिरहेका छन् । नेपालमा तीनपांग्रे चलाउन जुन बेला बन्द गरिएको थियो, त्यसपछि पुनः ल्याउनमा हाम्रो महत्वपूर्ण भूमिका छ । 

सन् २०१४ को अन्त्यमा तीनपांग्रे नेपालमा हाम्रै कम्पनीको आएको थियो । यो गाडीले साना व्यापार व्यवसाय गर्नेलाई जीविकोपार्जन गर्न मद्दत पुर्याउनुका साथै बेरोजगार र स्वरोजगारलाई प्रवर्धन गर्नेमा हामी ढुक्क छौं ।

Agni Group

यो सवारीसाधनका मुख्य विशेषताहरु के के हुन् ?
यसको इन्जिन भेस्पाको हो, जसमा ७० वर्ष पुरानो टेक्नोलोजी प्रयोग भएको छ । यो गाडी यात्रीहरुको लागि आरामदायी बनाइएको छ । यसका साथै नेपालको पहाड र उचाइ भएको स्थानमा सजिलै चढ्न सक्ने बनाइएको छ । तीन पांग्रे वा साना सवारी साधनमध्ये पिउजो आरामदायी हुनेछ । 

गाडीको बडी राम्रो छ । सिंगल सिट मेटल हो । यसमा वेल्डिङ छैन जसले गर्दा लामो समय चल्नुका साथै बलियो पनि हुन्छ । यसको डाइमेन्सन अन्य तीन पांग्रेहरुको तुलनामा ठूलो छ, जसले गर्दा तीन जना मान्छे यसमा आरामले यात्रा गर्न सक्छन् । यो गाडीले २६ किलोमिटर माइलेज दिन्छ र मेन्टिनेन्स कस्ट पनि कम छ ।

Global Ime bank

नेपालका कुन¬ कुन स्थानमा ल्याउँदै हुनुहुन्छ ?
नेपामा जुन जुन स्थानमा तीनपांग्रे चलाउन पाइन्छ, हामीले ती स्थानहरुमा लन्च गर्ने तयारी गर्दैछौं । ३० वटा सहरहरुमा ब्रान्च खोल्ने विचार छ । दुगड ग्रुपको पहिलेदेखि नै ३१ वटा ब्रान्चहरु रहेका छन् । त्यसैले ती सबै ठाउँमा प्याजियो उपलब्ध हुन्छ र अन्य स्थानमा पनि लाने तयारी गर्दैछौं । बिर्तामोड, विराटनगर, लहान, जनकपुर, वर्दिवास, सिन्धुली, विरगन्ज हेटौंडा, कावासोती, घोराही, नेपालगन्ज, सुर्खेत र महेन्द्रनगरमा अर्को हप्ता नै हामी यी सवारीसाधन ल्याउन लागेका छौं ।

दुगडसँग सहकार्यको कुनै खास कारण छ ?
हामी यस्तो कम्पनीसँग सहकार्य गर्न चाहन्छौं जसको नेपालमा नेटवर्क होस्, आफ्टर सेल्स सर्भिसमा फोकस होस् र सेवाग्राहीलाई सजिलै उपलब्ध गराउन सकोस् । दुगड ग्रुपको सक्षम र अनुभवी छ । अपरेसनको तरिका हाम्रो विचारसँग मिल्ने भएर नै हामी दुगडसँग सहकार्य गर्न चाहेका हौं ।

यसअघि तराईमा यो गाडी चलिसकेको छ । नेपालको मार्केट कस्तो पाउनुभयो ?
मार्केट राम्रै छ । अबको चार वर्षसम्म यसको माग बढ्नेमा दुईमत छैन । नेपालका कतिपय ठाउँमा अझै तीनपांग्रे ल्याइएको छैन । प्रयोगकर्तालाई सस्तो र सुरक्षित साधन उपलब्ध हुने भयो भने यसको माग बढ्नेमा हामी आशावादी छौं । पछिल्लो वर्ष १२५ प्रतिशतले माग बढेको छ । सन् २०१६ मा भारतबाट ४ हजार गाडी आयात भएको थियो ।

अबको लक्ष्य के छ ?
हाम्रो तीन हजारभन्दा बढी गाडी नेपालमा आइसकेको छ । यस वर्ष नेपालमा हामी ३० प्रतिशत बजार सेयर बनाउने लक्ष्यमा छौं । पछिल्लो वर्ष ९ हजार थियो भने बढ्दो मागलाई मध्यनजर गर्दै २०१८ सम्ममा १२ हजार पुर्याउने लक्ष्य छ । 

मूल्य कस्तो छ ? कुनै सहुलियत पनि छ ?
पेट्रोल गाडीको ५ लाख १९ हजार ९ सय नेपाली रुपैयाँ राखिएको छ । निकट भविष्यमा नेपालमा हालसम आइनसकेको तीन पांग्रे पेट्रोल कार्गो पनि लन्च गर्दैछौं । टेम्पु हट्ने सम्भावना छ । ई–अटो पनि भविष्यको योजनामा छ । 
सहुलियत दरमा उपलब्ध गराउने कुरामा दुगड गु्रपले छलफल गर्दैछ । यसमा हाम्रो पनि हकार्य हुनेछ ।
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC