site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमले ल्यायो थप दुई नयाँ जहाज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईटा नयाँ जहाज ल्याएको छ । निगमले चीनबाट मंगलबार दिउँसो पौने २ बजे १७ सिट क्षमताका दुईटा जहाज ल्याएको हो ।

“९ एनएकेयु र ९ एनएकेभी गरी १७ सिट क्षमताका दुईटा जहाज आज ल्याएका छौं,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने । चीन सरकारले अनुदानमा दिएका जहाज ल्याउने क्रममा निगमले थप दुईवटा विमान ल्याएको हो । सरकारले अनुदानमा ल्याएका ती जहाजको रकम अर्थ मन्त्रालयले ७ वर्षपछि चीन सरकारलाई तिर्ने सहमति यसअगाडि नै भइसकेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार थप दुई जहाज आए पनि निगमले नयाँ गन्तव्यमा भने उडान थप गर्नेछैन । “पुरानै गन्तव्यमा यी जहाज पनि उडान गर्नेछन्,” श्रेष्ठले भने, “अब यस आगाडि जस्तो प्राविधिक समस्या आएमा फ्लाइट क्यान्सिल गर्नुपर्ने अवस्था रहने छैन ।”

निगमसँग अब ६ वटा चिनियाँ जहाज भएका छन् । निगमले अब ८ वटा जहाजबाट आन्तरिक उडान भर्नेछ । दुईटा एयरबस र एउटा बोइङसहित ३ वटा जहाजले  अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । निगमसँग अब ११ वटा जहाज सञ्चालनमा छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC