Skip Advt.

साहित्य र कला

फागुन ७ बाट बक्स अफिस लागु हुने

फागुन ७ बाट बक्स अफिस लागु हुने

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले फागुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली (ई–टिकेटिङ) सुरु हुने जनाएको  छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलन गरेर बक्स अफिस प्रणाली यही ७ गतेबाट सुरु गर्ने जानकारी दिएको हो । 

बक्स अफिस प्रणाली बोर्ड मातहतमा रहने छ । जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । उपत्यका बाहिर सञ्चालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने बताइएको छ । 

बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएको भन्दै  सूचना तथा संचार मन्त्री बस्नेले चलचित्रकर्मी तथा चलचित्र क्षेत्रसँग अवद्ध सबैलाई बक्स अफिस प्रणालीले फाइदा पुग्ने विश्वास ब्यक्त गरे । 
मन्त्री बस्नेतले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न चाँडै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने प्रतिबद्धता जनाए । 

फागुन ७ गतेदेखि उपत्यका भित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स सिनेमा हलहरुमा सुरु हुने ई–टिकेटिङ प्रणाली वैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा र साउन १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा ई–टिकेटिङ प्रणाली  जडान गरिने जानकारी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन् । 

बक्स अफिस प्रणाली पूर्ण रुपमा लागु भएपछि चलचित्रका निर्मातासँगै सिनेमा हल सञ्चालक, वितरकलाई समेत फाइदा पुग्ने अधयक्ष पौडेलको विश्वास छ । 

बक्स अफिस प्रणालीद्धारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल सञ्चालक र वितरकले मात्रै हेर्न पाउनेछन् । बक्स अफिस कार्यान्वयन समिति संयोजक नरेन्द्र महर्जनले बताए । 

तपाईंको मत