site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ शिराबाट जनयुद्ध सुरु गर्दैछौं : यमी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले  आज देशभर २३ औं जनयुद्ध दिवस मनायो ।  पार्टीले देशका प्रमुख शहरहरुमा वाइसिएलको पहलमा जनयुद्ध दिवस मनाएको हो । 

माओवादी केन्द्र विभाजन भएसँगै छुट्टा-छुट्टै स्थानहरुमा जनयुद्ध दिवस मनाए । पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी भए । त्यसैगरी माओवादी मोहन वैद्य किरण नेतृत्वको माओवादीले राष्ट्रियसभा गृहमा जनयुद्ध दिवस मनायो । भने नेत्रविक्रम चन्दको माओवादीले  पनि आफ्नै तरिकाले जनयुद्ध दिवस मनाएको छ ।

सशस्त्र जनयुद्धको नेतृत्व तहमा रहेका हाल नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने सामाजिक सञ्जालमा केही शब्द र फोटोहरु पोष्ट गरेर मनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा भएका पुराना पार्टीहरुले देशको विकास नहुने भन्दै वैकल्पिक शक्ति निर्माणमा लागेका भट्टराईले सामाजिक सञ्जालमा २३ औं जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्धको आदर्श कहिल्यै खेर नजाने बताए । उनले भनेका छन्, "महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धांजली, वेपत्ता योद्धाहरूमा सम्मान, घाइतेहरूको सुस्वास्थ्यको कामना, वहाँहरूका परिवारजनलाई उच्च सम्मान, बालकृष्ण ढुंगेल, अनिल साहलगायत जेलजीवन बिताइरहनुभएका सबै क्रान्तिकारी योद्धाहरूलाई हार्दिक सम्मान ।"

उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक- समावेसी लोकतन्त्रलगायत जनयुद्धका ऐतिहासिक उपलब्धीहरूको रक्षा गर्दै समुन्नत समाजवादको दिशामा अघि बढन् सबैलाई आग्रह समेत गरे ।

Global Ime bank

त्यस्तैगरी नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले पनि संविधानसभाबाट संविधान र राजतन्त्रलाई जरैदेखि उखेर फाल्नको लागि आफूहरु जनयुद्धमा लागेको बताइन् । उनले अब बन्दुकबाट कुनै पनि परिवर्तन नहुने भन्दै आफूहरु नयाँ शिराबाट आर्थिक क्रान्तिको युद्ध गर्न लागेको बताइन् ।

"हिजो हामीले संविधानसभाबाट संविधान निर्माण गर्न र राजतन्त्रलाई जरैदेखि उखेर फ्याल्नको लागि जनयुद्ध गर्‍यौं, नेपालमा गणतन्त्र ल्यायौं, "यमीले बाह्रखरीसँग भनिन्, "त्यो समयको माग थियो । त्यो इतिहास हामीले बनायौं, त्यसमा हामी गौरवान्वित छौं । संयोगवस हामी बाचेर आयौं ।  अब हामी फेरि नयाँ शिराबाट अर्कौ जनयुद्ध सुरु गर्दैछौं ।"

उनले पुराना राजनीतिक दलहरुले मुलुकको परिवर्तन गर्न नसक्ने भन्दै आफूहरु वैकल्पिक शक्ति निर्माणसहित आर्थिक क्रान्तिको दिशामा लागेको पनि बताइन् । "हामीले सर्वहारा वर्गको मुक्तिको लागि परिवर्तनको लडाइ लड्यौं । अब नेपालमा वैकल्पिक शक्तिको निर्माणसहित मुलुकको आर्थिक क्रान्तिको लागि लड्दैछौं, "यमीले भनिन् ।

उनले अहिले हुन लागेको एमाले र माओवादीबीचको पार्टी एकता शक्ति र सत्ताको लागि मात्र भएको जिकिर समेत गरिन् । 

यमीले एमाले र माओवादीबीचको पार्टी एकता हेर्न आफूहरु आतुर रहेको जिकिर समेत गरिन् । यमीले भनिन्, "उहाँहरुबीच अहिले गज्याङ गुजुङ भइरहेको छ । मलाई उहाँहरुबीचको पार्टी एकता छिटो भइदिए हुन्थो जस्तो लाग्छ । किन भने यसले कमसेकम उनीहरु के हो सबै जनताले हेर्न पाउँछन्, उनीहरुको लिमिटेसन र संभावना के हो त्यो पनि देखिन्छ ।"
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC