site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एपीएफलाई मेयर कप महिला भलिवलको उपाधि, एपीएफकी सरस्वती उत्कृष्ट खेलाडी
Ghorahi CementGhorahi Cement

चितवन  । प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा शिवम् न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको खेलमा एपीएफले न्यू डायमण्डलाई २९–२७, २५–१६ र २५–२१ को सेटमा हराएको हो । उपाधिसंगै एपीएफले २ लाख रूपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको न्यू डायमण्डले १ लाखमा चित्त बुझायो ।

Agni Group

यस्तै तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पारेको छ । तेस्रो स्थानको लागि भएको खेलमा पुलिसले  त्रिभुवन आर्मीलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले ५० हजार र नेपाल आर्मीले २५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भईन् । सरस्वतीले १० हजार पुरस्कार प्राप्त गरिन । त्यस्तै व्यक्तिगत विधातर्फ न्यू डामयण्डकी प्रतिभा माली वेष्ट स्पाइकर, न्यू डामयण्डकी कृपा अधिकारी वेष्ट सर्भर, पुलिसकी कमला पुन वेष्ट सेटर, एपीएफकी उषा विष्ट वेष्ट ब्लकर, एपीएफकी मनिषा तामाङ वेष्ट डिफेन्डर र आर्मीकी निरुता ठगुन्ना प्रतिभाशाली खेलाडी बनिन् । उनीहरुले समान ५ – ५ हजार प्राप्त गरिन् ।

Global Ime bank

विजयी खेलाडीहरुलाई नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कृत गरेका थिए । भरतपुर महानगर वडा नम्बर २२ को आयोजनामा भएको प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलमा बंगलादेशको इफ्टा र भारतको हरियाणा पुलिस क्लव सहित ७ टिमको सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC