site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
युवाहरुमाझ किन घट्दैछ फेसबुकको लोकप्रियता ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । फेसबुकले हालै गरेको एक सर्वेक्षणमा फेसबुकका युवा प्रयोगकर्ताहरु घट्दै गइरहेको र बढी उमेरका प्रयोगकर्ताको सङ्ख्यामा भने वृद्धि हुँदै गएको पाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गतवर्ष मात्र १० प्रतिशत भन्दा बढी युवाहरुले फेसबुक नचलाएको अनुसन्धानमा देखिएको थियो ।

यसरी युवाहरुमाझ फेसबुकको मोह घट्नुका पछाडि थुप्रै कारण हुन सक्ने फेसबुकको आधिकारिक टोलीले बताएको छ । आजभोलिका युवाहरुलाई फेसबुक ‘कुल’ लाग्न छाडेकाले उनीहरु ‘इन्स्टाग्राम’ र ‘स्न्यापच्याट’ जस्ता फोटो शेयरिङ एपप्रति बढी केन्द्रित भइरहेको पाइन थालेको बताइएको छ । अहिले २०१८ को सुरुवातमा समेत फेसबुकले युवाहरु माझ कुनै ठूलो उपलब्धि हासिल गर्न नसकेको फेसबुकले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै उता ५५ वर्ष भन्दा माथिको उमेरसमूहमा भने फेसबुकको लोकप्रियता बढ्दै गइरहेको बताइएको छ । गत वर्षपनि फेसबुकका नयाँ प्रयोगकर्ताहरुमा ५० वर्ष भन्दा बढी उमेरका मानिसको सङ्ख्या अधिक रहेको पाइएको बताइएको छ ।

पछिल्लो महिना मात्र फेसबुकका प्रमुख कार्यकारी अधिकृतले न्युजफिडमा ठूलो बदलाव ल्याएर फेसबुकको गुणस्तर वृद्धि गराउने फैसला गरेका थिए । तरपनि फेसबुक चलाएको लामो समय बितिसकेकाले प्राय युवा प्रयोगकर्ताहरु नयाँ कुराको खोजीमा इन्स्टाग्राम र स्न्यापच्याटप्रति बढी आकर्षित भइरहेको अनुसन्धानबाट पत्ता लगाइएको हो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC