site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दृृष्टिविहीनका लागि गायिका दुलालले घर बनाइदिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका सुनिता दुलालले अपांगता भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिन लागेकी छन् । सिन्धुपाल्चोक नेत्रहीन संघसँग सकार्य गर्दै गायिका दुलालले एकतले पक्की भवन निर्माण गरिदिन लागेकी हुन् । 

करिब ३६ लाख रुपैयाँमा फर्निचर सहितको घर निर्माणका लागि उनले देश तथा विदेशका विभिन्न ठाउँमा च्यारिटी शो समेत गर्दैछिन् । दुई वर्षभित्र भवन निर्माण गरिसक्ने योजना गरेको उनले जानकारी दिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“अपांगता भएका व्यक्तिहरु बस्ने तथा सिपमुलक र बाध्यबाधनको कक्षा लिन मिल्ने सुविधासम्पन्न भवन निर्माण गरिदिने मेरो लक्ष्य अनुसार सहयोग शंकलनका लागि जुटेकी छु,” उनले भनिन्, “यसका लागि सुनिता दुलाल फाउन्डेशन र नेत्रहीन संघले सहयोग रकम जुटाउने छ ।”

सिन्धुपाल्चोक जिल्लाका दृृष्टिविहीन तथा अल्पदृष्टिविहीन व्यक्तिहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने अभिप्रायले आवाससहितको तालिम केन्द्र तथा कार्यालय सञ्चालनका लागि मेलम्ची नगरपालिका भित्र भवन निर्माण गरिने उनको भनाइ छ । 

Global Ime bank

“जिल्लामा सयौंको संख्यामा दृष्टिविहिन हुनुहुन्छ । भरपर्दो संस्था तथा सहयोगको अभावमा उहाँहरु घरमै खुम्चिएर बस्नु परेको छ,” दुलालले भनिन्, “त्यसैले आवास तथा कार्यालय प्रयोजनका लागि भवन निर्माण गर्न सकियो भने उहाँहरुलाई सवल र सक्षम बनाउन सकिन्छ भन्ने हाम्रो लक्ष्य हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC