site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको तयारी पूरा
Sarbottam CementSarbottam Cement

नेपालगन्ज । नेपालगन्जमा आयोजना हुने पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

नेपालगन्ज रंगशालामा बिहिबार सुरु हुने प्रतियोगिताको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिम नेपालगन्ज आइसकेको र  यो प्रतियोगिता सदभाव, धार्मिक र सांस्कृति सदभाव र एकतालाई कायम राख्न योजना गरेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको उद्घाटनलाई भब्य बनाउन विशेष तयारी गरेको बताउदै अध्यक्ष ठकुरीले भने , “प्रधानमन्त्री कप महिला भलिबलले खेलको विकासमा मात्र योगदान गरेको छैन । हामीले खेलको माध्यमबाट सिमामा सदभाव, धार्मिक र सांस्कृति सदभाव र एकतालाई कायम गर्न पनि योगदान गरिरहेको छ ।”

प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्च, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन । फागुन ७ गते सम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ ।  प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ ।

Global Ime bank

यस्तै पत्रकार सम्मेलनमा  सहभागी टिमका कप्तानहरुले प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।  नेपाल पुलिस क्लबकी कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्रीको नाममा भैरहेको प्रतियोगिताले हरेक वर्ष स्तर बढाउँदै लगेकोमा खुसी लागेको बताइन । उनले भनिन, “हामी प्रतियोगिता खेल्न पाउँदा उत्साही हुन्छौं । यो प्रतियोगिताले महिला खेलकुद, महिला भलिबल र महिला शसक्तिकरणमा योगदान गर्छ भन्ने लाग्छ । प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद ।”

बंगलादेशको इफान गु्रप महिला भलिबल टोलीकी कप्तान लाकी खातुनले प्रतियोगितामा नेपाली खेलाडीसँग खेल्न पाउनुलाई अवसरको रुपमा लिएको बताईन ।

आयोजक न्यु इन्द्रेणी बागेश्वरी स्पोटिङकी कप्तान शर्मिला नेपालीले हरेक वर्ष आफुभन्दा सिनियर दिदीसँग खेल्न पाउँनु उत्कृष्ट अवसर भएको बताइन ।

यस्तै देहरादुनकी कप्तान कृति थापाले प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउन सहयोग गरिरहेको बताइन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC