अर्थ व्यवसाय
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दाङको घोराहीमा थप शाखा कार्यालय संचालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, केन्द्रीय सदस्यहरु भरतराज आचार्य तथा धु्रवराज श्रेष्ठ भारीले गरेका थिए ।
शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४ १८:३८
प्रतिक्रिया दिनुहोस्