site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
पुनर्निर्माण फरक क्षमतामैत्री नभएको गुनासो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण फरक क्षमतामैत्री नभएको बताएको छ । प्राधिकरणले नेपाल सरकार र विभिन्न दातृ निकायको सहकार्यमा पुनर्निर्माणका लागि उत्पादन गरेका प्राविधिक तथा इञ्जिनियरहरुलाई पुनर्निर्माण तालिम दिइएको तर फरक क्षमता भएकाहरुका लागि सहज हुने संरचना निर्माणको तालिम दिन छुटेको स्वीकारेको छ ।

‘समावेशी पुनर्निर्माणमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुषालले २०७२ को भूकम्पबाट १ हजार ५६९ व्यक्ति अपाङ्ग हुन पुगेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विकास पत्रकारिता मञ्च (फोडेज) नेपालले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा बिहीबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सिबिएमको सहकार्यमा काठमाडौंमा प्रस्तुत गरेको उक्त कार्यक्रममा प्राधिकरणका सहप्रवक्ता भुषालले फरक क्षमता वा अपाङ्गमैत्री संरचना पुनर्निर्माणमा सरकारले विभिन्न कारणवस ध्यान दिन नसकिरहेको बताउँदै अब पुनर्निर्माण गरिने संरचनाहरु फरक क्षमतामैत्री बनाउन आफूहरु लागिपर्ने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका तर्फबाट कार्यक्रम संयोजक विमल पौडेलले कार्यपत्र प्रस्तुत गर्दै नीतिगत रुपमा सरकार अपाङ्गमैत्री भए पनि पुननिर्माणका क्रममा सरकारले अपाङ्गमैत्री संरचना निर्माणलाई वास्ता नगरेको गुनासो व्यक्त गरे ।
 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC