site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली नयाँ प्रधानमन्त्री, देउवालाई स्याबासी
Ghorahi CementGhorahi Cement

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्री नियुक्त भएको समाचार आजका सबै दैनिकले ब्यानर हेडलाइन बनाएर छापेका छन् । ओली प्रधानमन्त्री भएसँगै निवर्तमान प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई केही दैनिक पत्रिकाले उनले गराएको निर्वाचनका लागि स्याबासी पनि दिएका छन् ।

सबै पत्रिकामा हिजो बिहानैदेखिका घटनाक्रमले स्थान पाएका छन् । अन्नपूर्ण पोस्टले ओली तथा देउवाको दिनभर लुकामारी भएको खबरलाई महत्त्व दिएर प्रकाशित गरेको छ ।

ओलीले राष्ट्रपतिलाई आफूलाई कम्युनिस्ट गठबन्धनको पूर्ण समर्थन भएको पत्र हस्तान्तरण गर्दागर्दै प्रधानमन्त्री देउवाले आफूले सो पदबाट राजीनामा दिन तयारी गरेकाले राजीनामाको घोषणा नभईकन उताको कार्यक्रम अघि नबढाउन आग्रह गरेका थिए । त्यसपछि एमाले अध्यक्ष ओलीसहित पूर्वसभामुख सुवास नेम्वाङ देउवालाई कुरेर बसेका थिए ।

Agni Group

केहीबेरमा देउवा आएर एमाले नेतासँग नभेटी राष्ट्रपतिलाई राजीनामा बुझाएर गए । देउवा गएलगत्तै राष्ट्रपतिले ओलीसहित अरू एमाले नेता बसेको कोठामा गएर प्रधानमन्त्री नियुक्त भएको पत्र हस्तान्तरण गरिन् । तर, सो पत्रमा मिति भने एक वर्ष अघिको लेखिएको बाहिर आएपछि निकै आलोचना भएको थियो । पत्र पाएर राष्ट्रपति कार्यालयबाट एमाले कार्यालयमा आएपछि मात्र ओली एमालेको संसदीय दलको नेताका रूपमा चुनिएका थिए । तर, संविधानले संसदीय दलको नेता नै चाहिन्छ नभनेकाले ओलीको नियुक्तिमा संवैधानिक अड्चन भने देखिएन ।

अन्नपूर्ण पोस्टले ओलीको शपथ ग्रहण सकिएपछि निवर्तमान शेरबहादुर देउवाले ओलीलाई कुर्सी छाड्नुपर्नेमा केही अलमल भएको पनि लेखेको छ । ओलीले पहिलो मन्त्रीका रूपमा कसलाई शपथ गराउँछन् भन्ने अड्कलबाजी भइरहेको अवस्थामा सबैलाई चकित पार्दै उनले लालबाबु पण्डित तथा थममाया थापालाई मन्त्रीको शपथ गराएका थिए ।

Global Ime bank

पोस्टले नै माओवादीले मन्त्रिपरिषद्मा कसैलाई पनि समावेश नगराएकाले पहिलो गाँसमा नै ढुंगा भन्ने शीर्षकमा सानो बक्स समाचार पनि प्रकाशित गरेको  छ । यो समाचारलाई कान्तिपुरले ‘एकता नटुंगिई माओवादी नजाने’ शीर्षकमा सानो समाचार बनाएको छ भने राजधानीले ‘एकता सहमतिपछि माओवादी सरकारमा’ शीर्षकमा एन्कर बनाएको छ । हिमालय टाइम्सले पनि ‘किन छुट्यो माओवादी’ शीर्षकमा रंगीन बक्स बनाएको छ ।

 

पाँच घोषणा

कान्तिपुरले प्रधानमन्त्री ओलीको ६७ वर्ष अघिको जन्मदेखि अहिलेसम्मका मुख्य मुख्य उपलब्धिको समय चित्रमाला उनको तस्बिर वरिपरि बनाएको छ । साथै कान्तिपुरले पदभार ग्रहणलगत्तैका पाँच घोषणालाई महत्त्व दिएको छ । ओलीले संविधान कार्यान्वयनका लागि राज्य संयन्त्रलाई सबल, सक्षम र जनमुखी बनाउने बताउँदै संघीय, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाई कानुनी व्यवस्था, प्रशासनिक पुनःसंरचना र जनशक्ति परिचालन तथा क्षमता विकास गर्ने योजना पनि सुनाए ।

नयाँ पत्रिकाले ओलीको पहिलो निर्णय ‘प्रत्येक स्थानीय तहमा उद्योगग्राम’ भन्ने समाचार प्रकाशित गरेको छ ।

 

चुनाव गराउन सफल, वित्तीय अनुशासनमा असफल

नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेको टिप्पणीमा प्रधानमन्त्री देउवाको चौथो कार्यकाल निर्वाचन गराउन सफल भएकोमा प्रशंसा गरेको छ । नयाँ पत्रिकाले पनि देउवाको चौथो कार्यकाल निर्वाचनमा सफल भएको तर सुशासनमा विफल भएको समाचार बनाएको छ ।

 

सम्पादकीय

आज समीक्षित सात पत्रिकामध्ये अन्नपूर्ण पोस्टबाहेक अन्य सबैले ओलीको कार्यकालमा चुनौती र अवसरका बारेमा सम्पादकीय लेखेको छ । हिमालय टाइम्सले संघीय शासन व्यवस्थाको सफलता/असफलता संघीय सरकारको कार्यशैलीमा भर पर्ने जनाएको छ ।

साथै संघीय शासन प्रणालीमा आर्थिक व्यवस्थापन निकै चुनौतीपूर्ण हुने र तीनवटा तहको प्रशासनिक खर्च पनि चुनौतीपूर्ण हुने अनुमान टाइम्सले गरेको छ ।

कान्तिपुरले नवनियुक्त प्रधानमन्त्री ओलीको कार्य सञ्चालनको परीक्षा मन्त्री, सल्लाहकार, सहयोगी नियुक्तिसँगै सुरु हुन्छ । सर्वसाधारण नागरिकमा सुशासन, विकास निर्माण र आर्थिक समृद्धिको तीव्र आकांक्षा छ भन्दै कान्तिपुर लेख्छ — यसैको विश्वासमा वाम गठबन्धन सरकारमा पुग्न सकेको हो । राजधानीले ओलीको पूर्ण सफलताको कामना गरेको छ भने नयाँ पत्रिकाले ओलीलाई बधाई दिएको छ ।

गोरखापत्र तथा नागरिकले ओलीको अवसर र चुनौतीको विषयमा सम्पादकीय लेखेका छन् । अन्नपूर्ण पोस्टले क्रिकेटमा भएको सफलताको विषयमा सम्पादकीय लेखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC