site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शृंखलाबद्ध बलात्कारले देखाएको पहरेदारको नालायकी 

मेरो घरमा छोरीहरू छन् । छिमेकीले पञ्च कन्या, लक्ष्मी भनेर बोलाउने गर्छन् । उनीहरू  हुर्कँदै गएसँगै हामीभित्र डर पनि हुर्कँदै गएको छ । 

धेरै बेर पर्दैन एकैछिन आँखा चिम्लेर सोचौँ त अहिलेबढिरहेको बलात्कारका घटनामा पर्ने तपाईँ हाम्रै आफ्नै छोरीहरू हैनन् ? बालिका छोरी, बहिनी, पत्नी, भाउजु र छोरा नै पनि हुनसक्छन् पाशविक बलात्कारका सिकार ।

ओहो, सम्झँदामात्रै पनि छटपटी हुन्छ । घाँटीमा सास अड्केर मुटु फुट्लाजस्तो हुन्छ । हामी कल्पना गर्नै सक्तैनौ । बलात्कार शब्दलेमात्रै धेरै ठूलो पीडा बोध गराउँदैन वा भनौ त्यस्को भयावहतालाई बुझाउँदैन । तर, सो भोग्नेको मनमस्तिष्क कसरी चिथोरिन्छ भने त्यो घाउ र त्यो स्मृतिको दंशले सपनामा पनि झस्काउँछ । म एक महिला भएको सो पीडाको बोध गर्नसक्छु जस्तो लाग्छ । प्रायः महिलाहरूले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले शारीरिक हिंसाको अनुभव गरेकै हुन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

डरको स्वरूप र बालबालिकाको मनोवृत्ति कस्तो हुन्छ भने हिंसा भए पनि उनीहरू बोल्न सकिरहेका हुँदैनन् । कति त कति अबोध हुन्छन् भने आफूसँग के भइरहेको छ भन्नेसम्म पनि तिनलाई थाहा हुँदैन ।

कतिसम्म हुन्छ भने एउटा दर्जीले स्कुलको सर्ट वा स्कर्टको नाप लिने बेलामा हिंसा गर्छ, खलासीले बसभित्र, शिक्षकले विद्यालयमा, हाकिमले अफिसमा, सडक काट्ने बेला होस् वा मेला र भिडमा महिलामाथि हिंसा भएको घटना बाहिर आइरहेकै हुन्छ । महिला अधिकारकर्मीले चलाएको सुरक्षित सहर भन्ने कार्यक्रमको अनुगमनबाट यस्ता हिंसाको पुष्टि गरेको थियो । यस्ता घटनाले गाउँसहर भन्दैन । के तपाईंले केटी वा वयस्क महिलालाई आफ्नो स्तनलाई कापीकिताब वा हातले जोगाएर हिडेर देख्नु भएको छ ? खचाखच बसभित्र बाङ्खो उभिएर महिलाहरुले यात्रा गरेको देख्नु भएको छ ?

Global Ime bank

शृंखलाबद्धरूपमै सामूहिक बलात्कारका घटना यति बेला मिडियामा प्रमुखता पाइरहेका छन् । चोक र टोलटोलमा पनि लगातारको यस घटनाले चर्चा पाइरहेको छ । समाचार पढेर खासखुस मात्र नभएर घृणा वा आक्रोश पनि बढेको सहजै देख्न सकिन्छ । 

सुरक्षा गर्नुपर्ने प्रहरीले लेनदेनमा बलात्कारीलाई जोगायो, गुपचुपको लेनदेनका आधारमा बलात्कारको घटना लुकाइदैँछ भन्ने समाचारले रक्षकहरूको व्यवहार उदांगो बनाएको छ । हाम्रो बढ्दो असुरक्षाको मापन समेत गरेको छ । 

भक्तपुरमा एक सातामा बलात्कारको पाँच घटना भएको छ । दरबारमार्ग बलात्कार प्रकरणमा इन्स्पेक्टर निलम्वित भएको समाचार सबैतिर पैmलियो । त्यस्तै इटहरीको सामूहिक बतात्कार प्रकरणमा महिला अधिकारकर्मी विरोधमा गर्दै सडकमा उत्रेपछि एसपी र इन्सपेक्टर निलम्वित भएको समाचार आयो र सबभन्दा डरलाग्दो खबर ललितपुर सामूहिक बलात्कारको घटनामा न्यायालयको फैसलाले पीडकलाई सफाइ दिएको आएको थियो ।  

यी समाचारको सत्यतथ्यले अभिभावकहरूमा वास्तवमा एक प्रकारको नजानिदो डर पनि उत्पन्न भइरहेको छ । आस्थाको केन्द्र मानिने न्यायालयले नै बलात्कारलाई सामान्य ठानेर पीडकलाई उन्मुक्ति दिने हो भने कसको भर पर्ने ?  सो घटनापछि पीडकहरू हैनपीडित महिला र उनका पतिले गाउँ नै छोड्ने निर्णय गरेको समाचार आएको छ । 

ललितपुरमा कार्यालयबाट घर फर्किरहेकी महिलामाथि बाटैमा सामूहिक बलात्कार भएको थियो । त्यसोत, शिक्षकले विद्यार्थीलाई महिनौ यौन शोषण गर्छन् । बाउले छोरी, दाइले बहिनी, मामा, काको समेत यौन शोषण गरेको समाचार आइरहन्छन् । हामी कति असुरक्षामा बाँचेका छौँ ! 

छोरीहरू स्कुलबाट घर फर्किन ढिला भयो भने डरले आमाहरूलाई ऐठन हुन्छ । अझ आफैं बाहिर काम गर्ने आमाहरूले छोरीलाई कसरी जोगाउने ? बसमा, कार्यालयमा कतै पनि सुरक्षाको ग्यारेन्टी छैन । हामी आफ्नै घर र समाजभित्रै सबभन्दा धेरै असुरक्षित छौँ । त्यसमाथि हालै नेपाल प्रहरी र न्यायालयमा बलात्कारको घटनामा देखिएको संवेदनहीनताले असुरक्षा अझ कसिलो र बाक्लो बनाएको अनुभूति हुँदै गएको छ । 

यौनिकताको बोध नै नभएका बालिकालाई समेत फलानोको काँखमा नजानू भनेर सिकाए पनि किन भन्ने कुरा संभवतः सिकाउँदै जानुपर्ने भएको छ । सबै मान्छे नराम्रा त हुँदैनन् तर नराम्रासँग जोगाउनै पर्ने हुन्छ । छोरीहरूको प्रत्येक लक्षणको गहिरो अध्ययन गर्नुपर्ने बेला भएको छ । उनीहरूलाई कसैले गुप्तांगमा छोयो भने नडराई नलजाई बोल्ने वातावरण बनाउनुु आवश्यक छ । कम्तीमा आफ्ना अभिावकसँग नडराई सबै कुरा भन्नसक्ने संस्कृति बनाउनुपर्ने भएको छ । अब हामी आफैँ अभियानमा लाग्नुपर्ने होइन र ?  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC