site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोदीपथको जोखिम

योगी वा भिक्षुबाहेक अरूले समृद्धिको चाहना गर्नु अपराध वा पाप हैन । झन्, अचेल त सबैतिर समृद्धिकै चर्चा हुन्छ । राजनीति गर्नेहरू समृद्धिको रट लगाएर थाक्तैनन् । नीति निर्माताको ध्यान पनि समृद्धि हासिल गर्नैमा केन्द्रित हुन्छ । सोझै समृद्धिको कुरा नगर्नेले पनि गरिबी निवारणलाई ’गायत्री मन्त्र’ बनाएका हुन्छन् । समृद्धिको सपना विश्वव्यापी बनेको छ । 

भारत र चीनको राजनीतिक नेतृत्व अहिले समृद्धिको अभियानमा लागेको छ । चीनका बारेमा उति थाहा हुँदैन । भारतकै बारेमा पनि अब मूलधारका भनिने सञ्चार माध्यममा सरकार र अझ प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध लेख्न बोल्न बन्द भएको छ रे ।

वैकल्पिक माध्यम र एकाध पत्रिकाहरू भने अझै ओझेलमा परेका समाचार देखाउँदै, सुनाउँदै र छाप्तै छन् । त्यस्तै एउटा समाचार केही दिन यता निकै चर्चामा छ । नेपालका लागि शिक्षा र चेतावनी हुनसक्ने त्यो समाचार बैंक ठगीको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतको पन्जाब नेसनल बैंकबाट निरव मोदी र मेहुल चोक्सी नामका दुई अर्बपति व्यापारीले लिएको ११ हजार ३०० करोड ऋण नउठेपछि सेन्ट्रल ब्युरो अफ इन्भेटिगेसन (सीबीआई)ले छानबिन थालेको छ । उनलाई पक्राउ पुर्जी जारी गरिएको छ । तर, ऋण नतिर्ने व्यापारी निरव मोदी भने प्रधानमन्त्री नरेन्द्र मोदीको डाभोस, स्विटजरल्यान्ड भ्रमणमा सँगै छन् । डाभोसमा खिचिएको सामूहिक तस्बिरमा निरव मोदी पनि  देखिएका छन् । 

भारतीय पत्रकार रवीशकुमारले प्राइम टाइम नामको टेलिभिजन कार्यक्रममा निरव मोदीको कथासँगै जोडेर उत्तरप्रदेशको महमुदावादका एकजना किसान ज्ञानचन्दको व्यथाको पनि वर्णन गरेका छन् । ज्ञानचन्दले एउटा वित्तीय संस्थाबाट ट्य्राक्टर किन्न लिएको ऋणको किस्ता चुक्ता गर्न नसक्ता ज्यानै गुमाउनु परेको समाचार केही समय पहिले सञ्चार माध्यममा आएको थियो ।

Global Ime bank

ज्ञानचन्दले लिएको ऋणमध्ये ९० हजार रुपियाँ तिर्न बाँकी रहेछ । वित्तीय संस्थाका कर्मचारीले ट्य्राक्टर खोसेर लैजान खोजेपछि ज्ञानचन्दले विरोध गरेछन् । त्यही क्रममा ट्य्राक्टरले कुल्चेर ज्ञानचन्दको हत्या गरियो । रवीशकुमारका अनुसार फाइनान्स कम्पनीका कर्मचारीलाई कुनै कारबाही भएको छैन ।  

अर्को उदाहरण रवीशले दिएका छन् पन्जाबको शाहीबागका ३६ वर्षीय जसवन्त सिंहको दिएका छन् । यी किसानले बैंकबाट लिएको १० लाख रुपियाँ ऋण तिर्न नसकेपछि ५ वर्षीय बालक छोरालाई सँगै लिई नहरमा हाम्फालेर आत्महत्या गरे । 

यस प्रकारका घटनालाई शासक र व्यवसायीले हेर्ने दृष्टिकोण समाजका अरू सामान्य सदस्यसँग मिल्दैन । भारदार (शासक) र साहुजीहरू ( व्यवसायी)का आँखामा ज्ञानचन्द र जसवन्तहरू मारिनु वा मर्नु सामान्य हुन्छ भने निरव मोदी ११ हजार ३०० करोड नतिर्नु पनि उत्तिकै सामान्य मानिन्छ । 

भारतमा मात्र यस्तो हुने हैन । नेपालका सबैजसो ठूला भनिएका व्यापारी घरानाले (कर्पोरेट सायद भन्न नमिल्ला कि ?) बैंकहरूलाई ठूलो रकम तिर्न बाँकी रहेको खासखुस सुनिन्छ । एकाधको त पूरै वा आंशिक ऋण माफी गराउन प्रधानमन्त्रीकै तहबाट हस्तक्षेपसमेत हुनेगरेको छ । यस्तै, नेपाली अलि जीवट भएकाले आत्महत्यै त सितिमिति गर्दैनन् तर उठीवास भने धेरै गरिबको भएको छ ।

भ्याटको नक्कली बनाउने करचोरहरूलाई कारबाही गर्नुको साटो संसद्मा पुर्याउन कुनै पनि ठूला दलले हिचकिचाएनन् । यस्तै, कृषि विकास बैंकले निकाल्ने लिलामी सूचनामात्र हेर्ने हो भने पनि साना किसान कसरी बैंकको धरापमा पर्छन् भन्ने स्पष्टै हुन्छ । ऋण लिएर नतिरेपछि कारबाही हुनु अस्वाभाविक हैन । तर, सम्पत्ति भएर पनि नतिर्ने ठूला ठगलाई केही कारबाही नगर्ने परन्तु बेइमानीभन्दा प्राकृतिक वा अन्य दुर्भाग्यका कारण रिन तिर्न नसक्ने गरिबको ने उठीवास लगाउने अभ्यासलाई न्यायोचित भन्न त पक्कै सकिँदैन ।

भूमिगत कालो धनलाई बाहिर निस्कने मौका दिनुपर्छ भनेर प्रधानमन्त्री नियुक्त नहुँदै केपी शर्मा ओलीले काला धनका मालिकहरूको हौसला बढाएका छन् । त्यही बाटामा उनी अगाडि बढे भने आउने दिनमा पनि ठूला व्यापारीको ऋण माफी हुने र साना किसान वा व्यवसायीको उठीवास लाग्ने क्रम रोकिनेछैन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एकल सरकार लामो समयपछि बन्दैछ । विसं २०५१ सालमा एमालेको अल्पमतको एकल सरकार बनेको थियो । त्यतिबेला एउटा घोटाला भएको थियो एलसी काण्ड नामको । धनी व्यापारीले गरिबहरूको नाम राखेर बैंक ठगेका थिए । एमाले निकट केही व्यापारी जेल पनि परेका थिए । नक्कली भ्याट बिल प्रकरण पनि एमालले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा नै सामसुम पारिएको थियो । यसैले कतै यता पनि निरव मोदीहरू निस्कलान् कि भन्ने डर हो । सम्पत्ति शुद्धीकरण गर्नुपर्छ भनेर सल्लाह दिनेहरूकै कुरा अब पनि सुने प्रधानमन्त्री ओलीले भने हुने पनि त्यही हो । 

आशा गरौँ, थोरै धनीलाई पोस्न धेरै गरिबलाई ठग्ने अहिलेको अभ्यास अब दोहोरिनेछैन ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भावभंगीमा (केमेस्ट्री) मिल्यो भन्दैमा नेपालका प्रधानमन्त्री ओली पनि मोदीपथमै लाग्नुपर्छ भन्ने त छैन नि !

एउटा टेलिभिजन कार्यक्रममा सुनेको - पैसा घरमा राखौँ नरेन्द्र मोदीको डर, बैंकमा राखौँ निरव मोदीको डर ! 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC