site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
‘प्याडम्यान’ प्रतिबन्ध गरिएपछि पाकिस्तानी महिला आक्रोशित
Sarbottam CementSarbottam Cement

बीबीसी । “हामी यस किसिमका विषयमा बनेका फिल्महरुको स्क्रीनिङको अनुमति दिन सक्दैनौं । यो हाम्रो सिनेमा, धर्म, समाज र संस्कृतिको हिस्सा होइन् ।’’ –

पाकिस्तानी सेन्सर बोर्डका एक सदस्यले मासिकश्राव र सेनिटरी प्याडका बारेमा जनचेतना फैलाउन निर्माण गरिएको बलिउड फिल्म ‘प्याडम्यान’ का बारेमा केही समय अघि भनेको वाक्य हो । 

पाकिस्तानको फेडरल सेन्सर बोर्डले यस भारतीय फिल्मको विषय अर्थात मासिकश्रावबाट यतिसम्म रुष्ट देखियो कि उसले फिल्म प्रदर्शनको अनुमति त परै जावस, यसलाइ एकपटक हेर्नै मानेन । 

Prabhu Bank
Agni Group
NIC Asia

तर सेन्सर बोर्डको बलिउड फिल्म ‘प्याडम्यान’ लाई प्रदर्शन हुन नदिने निर्णयबाट पाकिस्तानी जनता, विशेष गरी त्यहाँका महिलाहरु अत्यन्तै रिसाएका छन् । उनीहरु सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा खुलेर सेन्सर बोर्डको निर्णयप्रति असन्तुष्टि पोखिरहेका छन् । 

सेन्सर बोर्डको विरोध गर्दै उनीहरु अन्य महिलाहरुलाई पनि सामाजिक सञ्जालमा मासिकश्रावका बारेमा लेख्न आग्रह गरिरहेका छन् । पेशाले कानुन व्यवसायी शुमाइला हुसैन तीनै असन्तुष्ट महिला मध्येकी एक हुन् । उनले बीबीसीसँगको कुराकानीमा फिल्ममाथि प्रतिवन्ध लगाउनु गलत भएको जिकिर गर्दै सेन्सर बोर्डले फिल्म नै नहेर्नु त्योभन्दा पनि ठूलो गल्ती भएको बताइन् । 

Global Ime bank

“फिल्मलाई ब्याण्ड गरेर सायद दुनियाँ यो भन्न चाहन्छन् कि  मुसलमान महिला यति पवित्र छन् कि उनीहरुमा मासिकश्राव नै हुँदैन’’, हुसैनले भनिन्, “यदि पुरुषमा मासिकश्राव हुन्थ्यो भने यसलाई पुरुषत्वको निशानी मानिन्थ्यो । पुरुषहरु यसका बारेमा शानका साथ कुरा गर्थे होलान् तर यो केवल महिलाहरुम मात्रै हुने भएकाले यो ‘टैबू सब्जेक्ट’ (खुलेर कुरा गर्न हुँदैन भन्ने मान्यता) भयो ।’’ 

पाकिस्तानको ‘गर्ल्स एट ढाबाज’ नामक एक फेशबुक ग्रुपले पनि फेशबुक पोस्टमा सेन्सर बोर्डको कडा टिप्पणी गरेको छ । हातमा प्याड लिएकी एक युवतीको तस्वीर पोस्ट गरेर उक्त ग्रुपले लेखेको छ, “हैलो सेन्सर बोर्ड ! मुसलमान महिलाहरुमा मासिकश्राब हुन्छ । जो मुसलमान होइनन्, ती महिलाहरुमा पनि मासिकश्राव हुन्छ ।

‘प्याडम्यान’ मा केही त्यस्तो छैन् कि जुन हाम्रो इस्लामिक परम्परा विरुद्ध होस् । फिल्म ब्याण्ड गरेर तपाई महिलासँग भनिरहनु भएको छ–तपाईको मासिक धर्मको रगत लाजमर्दो हो ।’’ 

पोष्टमा अगाडि लेखिएकोछ, ‘‘तपाई हामीसँग आफ्नो मासिकश्रावसँग जोडिएका घटनाहरु साटासाट गर्नुहोस् । कुन समयमा तपाईलाई मासिकश्रावका लागि होच्याईयो । कहिले–कहिले तपाई रूढीवादी मान्यताहरुसँग लड्नुभयो र कसरी जितेर निक्लिनुभयो ।’’

माहिरा खान र सना इकबाल जस्ता पाकिस्तानमा राष्ट्रिय पहिचान बनएका महिलाहरु पनि सेन्सर बोर्डको फिल्ममाथि प्रतिवन्ध लगाउने निर्णयको विरोधमा उत्रिएका छन् ।
पाकिस्तानकी चर्चित पत्रकार मेहर तरारले पनि ट्वीट गर्दै पाकिस्तानमा ‘प्याडम्यान’ को समर्थन गरिनु पर्ने बताएकी छिन् । उनले लखेकी छिन्, “प्याडम्यानमाथि लगाइएको प्रतिवन्ध विरुद्ध पाकिस्तानी अभिनेत्रीहरु, पत्रकार र कार्यकर्ताहरु आवाज उठाई रहेका छ् । यो राम्रो कदम हो ।’’

साभार : बीबीसी हिन्दी 
http://www.bbc.com/hindi/international-43074524

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC