बलिउड त्यस्तो मायानगरी हो, जहाँ जति सजिलै सम्बन्ध बन्छन्, त्यति सजिलै टुंगिन्छन् पनि । खासगरी स्टारहरूबीचको प्रेम सम्बन्ध बलिउडमा धेरै बिकाउ विषय हुने गर्छ । बन्ने र तोडिने जोडीहरूलाई पर राखेर हामीले यहाँ नौ जोडीबारे उल्लेख गरेका छौं, जसमध्ये कोही विवाहित छन्, कोही प्रेम सम्बन्धमा छन् । तर, मान्नुस्– यी जोडी सबैका लागि उदाहरणीय छन् ।
१) अक्षय कुमार र ट्विंकल खन्ना
बलिउडका सफलमध्ये टिवंकल खन्ना र अक्षय कुमारको विवाह एक हो । फिल्मी जीवनका जोडीहरू जति राम्रा देखिन्छन्, त्योभन्दा कैयौं गुणा राम्रो यो जोडीलाई मानिन्छ । बलिउडका चर्चित सुपरस्टार राजेश खन्नाकी छोरीले आफ्नै मेहनत र लगनबाट फिल्म क्षेत्रमा स्थापित अक्षय कुमारसँग विवाह गरेकी हुन् । आफूले अभिनय गरेको चलचित्र ‘मेला’ असफल भएपछि उनी अक्षयसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।
२) सोनम कपुर र आनन्द अहुजा
आफ्नो सम्बन्धलाई समाजले नस्वीकारेका कारण यी दुई सँगै छन् भन्ने कुरा प्रत्यक्ष रूपमा अघि आउन सकेको छैन । सोनामको इन्स्टाग्रामका स्टोरीहरू भ्यालेन्टाइन उपहारले भरिएका थिए, जसमा आनन्द अहुुजा र सोनम कपुरलाई सम्बोधन गरिएको थियो । सोनमले दुई जनाको फोटो पोस्ट गरिसकेपछि आनन्दले बडो सुन्दर कमेन्ट लेखेका थिए । सोनम मुम्बई र आनन्द दिल्लीमा भए पनि उनीहरूको प्रेम आरिसलाग्दो छ । उनीहरूले यसै वर्ष लगनगाँठो कस्ने सम्भावना छ ।
३) रितेश देशमुख र जिनेलिया डिसुजा
मिल्ने साथी अनि श्रीमान् श्रीमती । यो जोडी दशकदेखि सँगै छ तर पनि रितेश र जिनेलिया अझै नयाँ जोडीझैं देखिन्छन् । बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी हो यो । यी दुवैले एक–अर्कालाई पहिलो पटक फिल्म ‘तुझे मेरी कसम’मा भेटेका थिए । त्यसपछि उनीहरूले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनीहरूका दुई सन्तान् छन् । र, पनि अझै उस्तै भावुक प्रेमिप्रेमिकाझैं व्यवहार गर्छन् ।
४) आलिया भट्ट र सिद्धार्थ मलहोत्रा
आलिया भट्ट र सिद्धार्थ मलहोत्राको जोडी बारम्बार चर्चामा आइरहन्छ । ‘कपुर एन्ड सन्स’ र ‘स्टुडेन्ट अफ दि इयर’मा यी दुईको जोडी निकै राम्रो देखिएको थियो । उनीहरूको सम्बन्ध ईष्र्यालाग्दो छ । ज्याकलिन फर्नान्डिससँग सिद्धार्थको नाम जोडिएर हल्ला फैलिए पनि आलियासँगको सम्बन्ध बलियो छ ।
५) अनुष्का शर्मा र विराट कोहली
यो जोडी फुर्तिलो, चर्चित र जवान छ । २९ पुगिसकेपछि अनुष्का र विराटले गत वर्ष डिसेम्बरमा लगनगाँठो कस्ने निर्णय गरेका थिए । धेरैले उनीहरू लिभिङ टुगेदरमा बस्ने र विवाह नगर्ने अनुमान गरिरहँदा यो जोडीले गोप्य विवाह आयोजना गरेको थियो । त्यसैबेलादेखि नै दुबैले सामाजिक सञ्जालमा एकअर्काका तस्बिर पोस्ट गरिरहेका छन् ।
६) दीपिका पादुकोण र रणवीर सिंह
दीपिका र रणवीरको जोडी सधैंजसो चर्चामा आइरहन्छ । पापाराजीको केन्द्रमा परिरहने यो जोडीको प्रेम प्रसंग थुप्रै फ्यानका लागि प्रेरणा हो । दुवैले सधैं एक–अर्काको समर्थन गर्छन् । अन्तर्वार्ताहरूका क्रममा पनि दुवैले दुवैलाई प्रशंसा गर्छन् । चारैतिरको विक्षिप्त अवस्थाबीच कसरी शान्त रहने भन्ने कुरा यो जोडीलाई राम्ररी थाहा छ । अनुष्का र विराटको विवाहको समाचार आइरहँदा फ्यानहरू यो सुन्दर जोडीको खबर सुन्न हतारिरहेका छन् । रणवीरले आफ्नो दिमागमा विवाहको कुरा आए पनि त्यसबारे अझै निर्णय नभइसकेको बताएका छन् ।
७) टाइगर श्रफ र दिशा पट्नानी
यो जोडी यसकारण पनि चर्चामा आउँछ कि उनीहरू दुवै जिमका शौखिन हुन् । जिममा दुवै सँगै हुन्छन् । यसको अर्थ हो, उनीहरू कतिखेरै पनि छुट्टिदैनन् । यद्यपि उनीहरूले आफ्नो सम्बन्धलाई खुल्ला रूपमा स्वीकारेका छैनन् । जेहोस् लुप्त सम्बन्धबाट उनीहरू खुशी छन् भने त्यसबाट कसैलाई केही आपत्ति छैन ।
८) शाहिद कपुर र मीरा राजपुत
“पहिलोपटक भेट्दा हामीले ७ घण्टासम्म कुरा ग¥यौं । हामी साथीको दिल्लीस्थित फार्महाउसमा थियौं । हामी सूर्यास्तका बेला सँगसँगै हिँड्यौं । मैले महसुस गरें कि उनका अाँखा गाढा थिएनन् । ती हल्का खैरो रंगका थिए । त्यतिखेर मलाई लाग्यो– शायद म यिनीसँग विवाह गर्न सक्छु । मेरो अर्को मनले भन्यो– बल्ल २० वर्ष पुगिन् । मैले ठीक सोचिरहेको छु त ?” अन्तर्वार्ताका क्रममा शाहिदले भनेका छन् ।
यी जोडीले प्रमाणित गरिदियो कि उमेर भनेको खाली अंकमात्रै हो । उनीहरूको क्यामेस्ट्री हेर्दा भर्खरै प्रेम सम्बन्धमा परेको जस्तो लाग्छ ।
९) सैफ अली खान र करिना कपुर
हाम्रो सूचीको सबैभन्दा जबर्जस्त जोडीलाई अन्तमा राखेका छौं । सैफ र करिनाबारे भनिराख्नु पर्दैन । उनीहरूको प्रेमकथा कहाँबाट कसरी सुरु भयो भन्ने सबैलाई थाहा छ । विवाहपछि पनि उनीहरू खुशीसाथ बाँचिरहेका छन् । अझ छोरो ताइमुर अली खान जन्मिएपछि झन् उनीहरूको जीवनमा मिठास थपिएको छ । सैफ त्यस्तो श्रीमान् हुन्, जो हरेक महिलाको रोजाइमा पर्छन् । अर्कोतर्फ करिना छिन्, जसले घर, फिल्मी करिअर, छोरा र जिमलाई उत्तिकै समय दिन्छिन् । एक अर्थमा अनुशासित आमा र श्रीमती हुन् उनी ।
साभार : इन्डिया टाइम्स
अनुवाद : रुमु न्यौपाने