पर्व, संगठन र बिदा

पर्व, संगठन र बिदा

रवि मिश्र


नेपाल त्यो मुलुक हो, जहाँ झन्डै पूरै जनसंख्याको हाराहारी सहिदहरुको संख्या त्यति नै संख्यामा नेताको संख्या नेताकै संख्याको हाराहारीमा पार्टीको संख्या त्यसमाथि हरेक मन्त्रीमण्डल बिस्तारसँगै बन्ने मन्त्रीहरुको रेकर्ड-ब्रेकर संख्या संख्याको कुरा गर्दा मुलुकको प्रगति भसक्कै अघि बढेको भान हुन्छ कुनै पनि खर्चहरुमा बढेको शून्यको संख्या, रोजगारीको खोजीमा भौतारिएर विदेशतिर कुद्नेको संख्या त बेहिसाब छ ।

संविधान आइसकेपछि नि जनताले महसुस गरेको उपलब्धि शून्यको के कुरा गरम् ? भूकम्पपीडितलाई सहयोग पुनर्निर्माणमा भएको उपलब्धि शून्यको संख्या के कुरा गरम् ? चाकरी, चाप्लुसी गर्दै ठूलाबडाकहाँ भित्र-बाहिर गर्नेको संख्या के कुरा गराइ भो ? कुरोको चुरो यही हो कि हामीकहाँ संख्याको वृद्धिदर औधी र, वर्षकै दिनहरुको हाराहारी संख्यामा बिदा त्यसैको दोब्बरको सङ्ख्यामा पर्व दिवसहरु कम्ता रमाइलो छैन हाम्रो जीवनशैली !

अरु अरु- नयाँ वर्षको संख्या नि कम्ता बढिरहेको छैन एउटा विक्रम सम्वत् अर्को इश्वी सम्वतअर्को नेपाल सम्वतफेरि शेर्पाजीहरुको चरा-मुसा सम्वत क्यालेन्डर सम्वतै सम्वतले सम्वताम्मे भएपछि अब नयाँ वर्षको के दु:ख ? एक वर्षमै ५- वटा नयाँ वर्ष

दशैँ दुइटा, यासपालि झन् तीनटा- चैते  नै दुइटा ल्होसार तीन-चार वटा अरु अरु- तन्त्र दिवस नै तीन वटा । एउटा प्रजातन्त्र दिवस, अर्को लोकतन्त्र दिवस अनि अर्को गणतन्त्र दिवस एउटै पर्व दिवसको संख्या वर्षमा यति बढ्दै गइरहेको कि अब उही दिवसहरुले आफ्नो संगठन नै बनाउन बेर छैन ल्होसारहरुको एउटा संगठन, नयाँ वर्षहरुको अर्को संगठन तन्त्र दिवसको अर्को संगठन अनि जो थोरै संख्यामा रहेका दिवस पर्वहरु छन्, तिनको छिटफुट दलीय मोर्चाजस्तो अर्को संगठन अनि यस्ता दिवसहरुकै आन्दोलन हुन बेर छैन- आफ्नो पालामा बिदा होस् भनेर

अब प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रसंविधानसभाबाटै संविधानलगायत आउने जति सबै आइसकेको मुलुकमा दिनहरुको संख्यामा किन भेदभाव गर्नू ? सबै पर्व दिवसलाई उत्ति नै दिन दिए कसो होला ? अरु त्यस्तै हो, शिवरात्रि चैं - पटक आउनै पर्ने हो कम्ता रमाइलो पर्व होइन यो तर, आउँछ पो कसरी ! सरकारले घोषणा गरिदेला- तर भगवान शिवले - पटक जन्म लेलान् हाम्ले इच्छा गर्दैमा ?

जेहोस् भ्यालेन्टाइन डे पनि आउनुपर्छ- वर्षको कम्तीमा १० चोटि अनि यहाँ प्रेमको कमी हुन्न गुरु पूर्णिमा, बाको मुख हेर्ने, आमाको मुख हेर्ने पनि थुप्रै पटक आउनुपर्छ ताकि अर्तिउपदेश आशिषको कमी नहोस् वर्षको चोटिमात्र होली हुने भए लोला हान्ने काम पाउँथे टपर्टुइँयाहरूले ।

अनि अप्रिल फुल ? त्यो एकपटक नि नआए हुन्छ किनकि यहाँ ढँटुवाहरुको कुनै कमी छैन ढाँट्न मूर्ख बनाउन मानिसले अप्रिल कुर्दैनन् वर्षभरि नै ढाँट्ने मूर्ख बनाउने, बन्ने प्रक्रिया चली नै रहेको अप्रिल फुल वर्षमा ३६५ दिन नै बरु घटाए कसो होला ?

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

दुर्घटनाको मुख्य कारक : चालकको लापर्वाही

काठमाडौँ (रासस) । सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापर्वाही रहेको पाइएको छ । चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा

दुर्घटनाको मुख्य कारकः चालकको लापर्वाही

–नारायण ढुङ्गाना  काठमाडौं । सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापर्वाही रहेको पाइएको छ । चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन

पोखरामा छठ पर्वको तयारी शुरु

पोखरा । यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । पोखरी, तलाउ, नदी, खोला वा

तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए

गलेश्वर । म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका