site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कम्युनिस्ट गठबन्धनका घटकहरू एमाले  र माओवादी केन्द्रबीच सरकार गठन तथा पार्टी एकताको मोलतोल सकिएको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न पदको बाँडफाँट र पार्टी एकतालाई ’प्याकेज’मै टुंग्याइने बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपूर्व दुई कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रबीच ’पार्टी एकता’को उद्देश्यसहित चुनावी गठबन्धन भएको थियो । दुवै पार्टीले संयुक्त चुनावी घोषणापत्र जारी गरेका थिए । राजनीतिक अस्थिरताबाट आजित नेपाली जनताले चुनावपछि एउटै पार्टी हुने आशामा कम्युनिस्ट घटकका उमेदवारलाई जिताए । चुनावको अढाइ महिनासम्म पनि पार्टी एकता भने अगाडि बढेन । हुँदाहुँदा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित नयाँ सरकारमा पनि माओवादी केन्द्रले प्रतिनिधि नपठाएर असन्तुष्टि प्रकट गरेको छ । सरकार गठनको सुरुमै यस्तो असन्तुष्टि देख्नुपर्ला भन्ने कम्युनिस्ट गठबन्धनलाई मत दिनेहरूले सायद कल्पनै गरेका थिएनन् ।

पार्टीमा नेताहरूको व्यवस्थापनको विषय टुंगो नलागी एकताको घोषणा नहुनु अस्वाभाविक होइन । नेताहरू विशेषगरी पार्टी अध्यक्षहरूको चित्त नबुझे कुनै सैद्धान्तिक बहाना बनाएर पार्टी एकतै गरिएन भने पनि धेरै आश्चर्य हुनेछैन । एमाले र माओवादी एकता नहुँदैमा अहिलेको निर्वाचन परिणाम उल्टिने पनि हैन । जनता र केही हदसम्म कार्यकर्ता निराश हुने भए पनि माओवादी केन्द्रले बेइमानी नगर्दासम्म सरकारबाट हट्नु पनि पर्दैन । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र नेताहरूको मोलतोल सर्वसाधारण जनताको चासोको विषय पनि हैन । तर, सरकार गठनमा देखिएको अलमल र मोलतोल भने जनताको प्रत्यक्ष सरोकारको विषय हो । कारण, एमाले र माओवादी केन्द्रका नेताबीच पदको भागबन्डा र मोलतोलको चक्करमा देश भ्रष्टाचार र अराजकताको भुमरीमा फस्ने जोखिम बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओलीले सानो मन्त्रिपरिषद् गठन गरिसकेका छन् । चुनावमा पनि कम्युनिस्ट गठबन्धनको नेतृत्व मूलतः ओलीले नै गरेका हुन् । यसैले जनताले अपेक्षा पनि प्रधानमन्त्री ओलीबाटै गर्नु स्वाभाविकै हो । बिग्रेसप्रेमा मुख्य जसअपजस पनि ओलीले नै लिनुपर्छ । पदमात्र हैन महत्त्वपूर्ण मन्त्रालयमा समेत आँखा गाडेर बसेका नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थ पूरा गर्नुकै लागि यसरी मोलतोल गरेका हुन् भन्ने बुझ्न कठिन हुँदैन । अर्थात्, विस्तृत शान्ति सम्झौतापछि सुरु भएको राज्यको ढुकुटी निलज्र्जतापूर्वक दोहन गर्ने प्रवृत्ति नै दोहोरिने जोखिम कायमै छ । नत्र, त एउटै कम्युनिस्ट पार्टी बनाएर देशमा स्थिरता र समृद्धि ल्याउने प्रतिज्ञा गरेका नेताहरू यसरी मोलतोलमा लाग्नु नपर्ने हो । 

एउटै पार्टी हुने हो भने जुन घटकका नेतालाई जुन पद दिइए पनि सहजरूपमा स्वीकार्य हुनुपर्ने हो । जुन मन्त्रालय दिइए पनि सन्तुष्ट हुनुपर्ने हो । तर, लक्षण राम्रो देखिएन । यसैले प्रधानमन्त्री ओलीले जनआकांक्षाको कदर गरेर पारदर्शीरूपमा सरकार सञ्चालन गरून् । अब पनि २०६३ — २०७४ कै सहमतिका नाममा भागबन्डा गरेर शासन गर्ने र भ्रष्टाचार, अनियमितता तथा अराजकता कायमै रहने हो भने कम्युनिस्ट नेताहरूको नियतमै सन्देह उत्पन्न हुनेछ । जनताले नियतमा सन्देह गरे भने त्यसको परिणाम भयावह हुनसक्नेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC