site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

लागोस (रासस/सिन्ह्वा) ।  नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । 
घटनामा परी अन्य २८ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीहरुले तीन वटा आत्मघाती बम प्रहार गरेको नाइजेरियाको आधिकारिक समाचार संस्थाले शनिबार जनाएको छ । 

कसुवार किफी भन्ने ठाउँमा शुक्रबार अबेर बम हमला भएको समाचारमा उल्लेख गरिएको छ । प्रत्यक्षदर्शी इद्रिसा बानालाई उद्धृत गरिएको समाचारका अनुसार तीन वटा बम एकैचोटी प्रहार गरिएको थियो ।

Agni Group

“बम हमला भएका बेला बजारमा निकै धेरै मानिसहरुको चहलपहल रहेको थियो”, प्रत्यक्षदर्शी बानाले भने । बोको हराम लडाकू समूहले विशेष गरेर नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा आक्रमणका घटनाहरु बढी गराएको छ । 

यही महिनाको शुरुमा उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती बम हमलामा छजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । नाइजेरियाको मादागालीमा नयाँ वर्षको पहिलो दिन भएको विस्फोटनमा परी तीनजनाको मृत्यु भएको छ । 

Global Ime bank

पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा सन् २००९ देखियता बोको हरामबाट भएका हिंसात्मक घटनामा परी २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ००:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC