site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाइजोका लागि महिला नै पुरुष बनेर विवाहमा ?
Ghorahi CementGhorahi Cement

बीबीसी । क्रिस्ना सेन नाम गरेकी एक महिलालाई पुरुषको भेष धारण गरी विवाह गर्दै युवतीसँग दाइजो लिएको आरोपमा गिरफ्तार गरिएको छ । भारतको उत्तर प्रदेशमा क्रिस्नाले दुई महिलालाई पुरुष बनेर विवाह गरि धोकापूर्वक दाइजो लिएकामा उनलाई पक्राउ गरिएकोे बीबीसीले जनाएको छ ।

स्थानीय पुलिसले बताएअनुसार सोधपुछका क्रममा मात्र क्रिस्ना महिला हुन् भन्ने खुलासा भएको थियो । २६ वर्षीया क्रिस्ना पहिले स्वीटीको नामले चिनिने गर्थिन् तर सन् २०१४ देखि भने उनले पुरुष भएको नाटक गर्दै एक युवतीसँग विवाह गरेको बताइएको छ । यसबारे खानदुरीका वरिष्ठ पुलिसले भने, ‘पहिले हामीले क्रिस्नाको कुरा बुझ्नै सकेनौँ । त्यसपछि स्वास्थ्य परीक्षण गर्दा मात्र हामीलाई उनी पुरुष नभइ महिला भएको थाहा भयो ।’ 

Agni Group

क्रिस्नाले त्यसरी पुरुष बनेर पहिलो विवाह गरेको केही समयमै पत्नीसँग छुट्टिएको बताइन् र त्यसपछि फेरि सन् २०१७ मा उनले अर्को विवाह गरेकी हुन् । तर पहिलो पत्नीका परिवारले उनीविरुद्ध ठगी र उत्पीडनको आरोपमा उजुरी दिएपछि मात्र उनको पर्दाफास भएको हो । उनले पहिलो पत्नीका परिवारसँग व्यवसाय गर्न भन्दै ८ लाख भन्दा बढी पैसा लिएको र दाइजोका लागि पनि पत्नीमाथि हिंसा समेत गरेको परिवारको आरोप छ । भारतमा सन् १९६१ देखि नै दाइजो प्रथालाई अवैधानिक बताइएपनि अझै कानून विरुद्ध यस्ता परम्परा मान्ने गरिएको छ ।

पुलिसका अनुसार क्रिस्नालाई पहिलेदेखि नै पुरुषको जीवन जिउने चाहान थियो तर उनका आमाबुवालाई यस क्रियाकलापबारे कत्तिको थाहा थियो भन्ने चाहिँ अझै प्रस्ट नभएको बताइएको छ । 

Global Ime bank

उनका दुवै पत्नीलाई समेत उनी महिला हो भन्ने कहिल्यै थाहा नभएको बताइएको छ । क्रिस्नाले उनीहरुका अगाडि कहिल्यै लुगा नखोलेको र शारीरिक सम्बन्ध पनि नराखेकाले उनीहरु यसबारे अज्ञात रहेको पुलिसले बताएको हो । 

यसबाहेक सबैको नजरबाट बच्नका लागि उनी पुरुषहरुसँग बढी हिँडडुल गर्ने, पुरुषको शौचालय प्रयोग गर्ने र मदिरा अनि धु्म्रपान समेत गर्ने गरेको खुलासा भएको छ । पुरुषको जस्तो कपाल, व्यवहार र पहिरनमा पुरुष जस्तै भएर हिँडेकाले उनीमाथि कसैले शंका गर्न नसकेको पुलिसको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC