site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
महिला यात्रु झोलासँगै मेशिनभित्र पसेपछि ...
Sarbottam CementSarbottam Cement

बीबीसी  । चीनमा एक महिला यात्रुले आफ्नो ह्यान्ड ब्याग छोड्न नसकेपछि ब्यागसँगै कन्भेयर मेशिनभित्र पस्दा एक्सरे मनिटरबाट हेरिरहेका स्टेसनका कर्मचारीहरु अचम्ममा परेका छन् । 

उनी मेशिनभित्र पस्दा मनिटरमा देखिएको तस्बिर अहिले सामाजिक संजालमा समेत भाइरल भइरहेको बीबीसीले बताएको छ ।

फेब्रुअरी १६ मा पर्ने लुनार चिनियाँ नयाँवर्षको समयमा शहरबाट आफ्नो घर फर्कनेहरुको भीड लाग्नेगरेको छ जसकारण सबै यातायात सेवाहरु अत्यन्तै व्यस्त र भीड हुने गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसबेला धेरै यात्रुहरुले आफ्नो साथमा अत्याधिक पैसा पनि लाने गरेकाले ती महिलाले आफ्नो झोला नछाडेको हुन सक्ने सुरक्षाकर्मीहरुको भनाइ छ ।

रेल स्टेसनमा उनलाई सुरक्षाजाँचका लागि आफूसँग भएको सबै झोला मेशिनमा राख्न लगाइएपनि उनले आफ्नो ह्यान्ड ब्यागचाहिँ साथमै राख्न खोजिरहेकी थिइन् । तर अचानक उनले हतारमा ब्यागलाई पनि आफूसँगै लिएर स्क्यानर मेशिनभित्र पसेपछि उपस्थित कर्मचारीहरु अचम्मित भएर हाँस्न बाध्य भएको बताइएको छ । 

Global Ime bank

त्यसरी कन्भेयरमा प्रवेश गरेर निक्लिएपछि भने उनी फेरि हतार गर्दै आफ्नो झोलालाई साथैमा लिएर त्यहाँबाट बाहिरिएको स्थानीय सञ्चारमाध्यमले बताएको छ  ।

तर झोलासँगै चढ्दाको उनको एक्सरे तस्बिरहरु एकदमै अनौठो देखिएपछि सामाजिक सञ्जालमासमेत यसको धेरै चर्चा भएको बताइएको छ । 

तस्बिरमा उनी हात खुट्टा टेकिरहेको र उनले लगाएको चुच्चो जुत्ता निकै अनौठो देखिएको छ ।  ती महिला आफ्नो ह्यान्ड ब्यागलाई लिएर किन त्यति धेरै चिन्तित थिइन् भन्ने चाहिँ अझै स्पष्ट नभएको बताइएको छ । 

दोङगुअनको रेल स्टेसनले यस घटनाका कारण अबदेखि यात्रुहरुलाई मेशिन भित्र पस्नमा रोक लगाउनकै लागि ब्यानर राख्ने निर्णय गरेको बताइएको छ । 

मेशिनले त्यसमा राखिने वस्तुहरुको निरीक्षण गर्दा थुप्रै हानिकारक विकिरणहरु फाल्ने भएकाले मानिसका लागि खतरनाक साबित हुन सक्ने विज्ञहरुको भनाइ छ ।  ती महिला त्यस दिनका ३९ करोड यात्रु मध्येकी एक थिइन् जो नयाँ वर्ष मनाउन आफ्नो घरतर्फ गइरहेको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC