site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डीपीएललाई श्री एयरलाइन्सको साथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अफिसियल एयरलाइन्स पाटनरको रुपमा श्री एयरलाइन्स रहने भएको छ । काठमाडौंमा आइतबार श्री एयरलाइन्स र डीपीएलबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार श्री एयरलाइन्सले डीपीएललाई करिब १० लाखबराबरको प्रायोजन गर्ने भएको छ । ७ लाख ५० हजार नगद र थप विभिन्न सेवामा गरी करिब १० लाख बराबरको सम्झौता भएको पत्रकार सम्मेलनमा डीपीएलका निर्देशक सुवास शाहीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्री एयरलाइन्सका अप्रेशन डाइरेक्टर कुन्दन गिरीले डीपीएलजस्तो लोकप्रिय प्रतियोगितासँग जोडिन पाएकोमा गर्व भएको बताए । डीपीएलका निर्देशक शाहीले पनि श्री एयरलाइन्ससँगको सम्झौताले डीपीएललाई झन् भव्य बनाउन उर्जा मिलेको बताए ।
दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउने छ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १७

गतेदेखि धनगढीस्थित अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा हुनेछ । डीपीएलको अक्सन भने यही फागुन ९ गते हुँदैछ । प्रतियोगितामा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स रहेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC