काठमाडौं । अग्नि गु्रपले महिन्द्रा गाडीहरुको लागि हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित सङ्खुवासभाको टुम्लीङ्गटारमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ ।
अग्नि ग्रुपको यो शोरुम फागुन ४ गतेबाट शुभारम्भ गरिएको हो । हालै प्रस्तुत गरिएको सङ्खुवासभाको शोरुमको समुद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रुपका अध्यक्ष मनमाया श्रेष्ठ, सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यले गरेका थिए ।
शोरुमको शुभारम्भपछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।