site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नेपालका शासकले आर्थिक, सामाजिक र वैचारिक स्वतन्त्रता जनताको हक हो भनेर पहिलोपल्ट स्वीकार गरेको वि.सं. २००७ साल फागुन ७ गतेको दिन हो । तर, फागुन ७ गतेको प्रजातन्त्र पूर्णरूपमा लागु भएन, आंशिकरूपमा लागु हुँदा पनि यसको बारम्बार हत्या गरियो । तथापि, यही उपलब्धिलाई एक मानक मानेर अनेक संघर्ष र आन्दोलन भए र अन्ततः २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापित भयो । विसं २०६१ सालमा खोसिएको प्रजातन्त्र पुनः २०६३ सालमा लोकतन्त्रको रूपमा पुनर्जीवित भयो । यसै दिनको गरिमा बढाउने हेतुले बाह्रखरी प्रकाशनले आफ्नो प्रकाशनको आरम्भ फागुन ७ गते गरेको थियो । विसं २०७२ सालमा स्थापना भएको यो प्रकाशन अहिले स्थापनाको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । नयाँ अनलाइन पत्रिकालाई पाठकले जसरी सहजै ग्रहण गरेर एउटा उचाइमा पु¥याए त्यसले यस पत्रिकामा समर्पित सम्पूर्ण पत्रकार र व्यवस्थापनका सदस्य अनुगृहित बनेका छौँ । हामी आउँदा दिनमा अझ बढी जनताका सरोकार अघि बढाउने सशक्त माध्यमका रूपमा क्रियाशील हुनेमा विश्वास दिलाउन चाहन्छौँ ।

दुई वर्षको हाम्रो यात्रा अनेक समस्या र कठिनाइबीच पार भएका हुन् । यस्ता अप्ठेरा र बाधाले हामीलाई हतोत्साही गर्न सकेनन् बरु उल्टै हाम्रा दृढता अझ सशक्त र इस्पात झैं कडा हुँदै गए । यस पेसामा बसेर अधिकाधिक जनताको हितका पक्षमा शब्दको सिर्जना गर्दै गर्दा विभिन्न समूहमा रहेर जनताको भाग खोसेर खान पल्किएका शक्ति समूहका लागि हामी आँखाको कसिंगर हुनु स्वाभाविकै हो । तर, स्वतन्त्र पत्रकारितालाई आँखाको कसिगंरका रूपमा हेर्ने कोही पनि लोकतन्त्रमा जनताको सच्चा प्रतिनिधि हुन सक्तैनन् । हामी त्यस्ता शक्तिको दृष्टिकोण बदल्न भरमग्दुर प्रयास गरिरहने छौँ तर कसैका डर, धम्की र त्रासमा आफूले प्राण वायु मानेको पेसागत धर्ममा सम्झौता गर्ने छैनौ । हाम्रो यो शक्तिको स्रोत भने तपाईंजस्ता एक एक पाठकको अन्तःस्करणबाट प्राप्त हुने समर्थन नै हो ।

Agni Group

छापा माध्यम, टेलिभिजन वा रेडियो संचालनमा नभएको र अनलाइनबाट मात्र पत्रकारिता गर्ने माध्यमलाई कतिपय अवस्थामा सरकारले पनि पूर्ण प्रेसको मान्यता दिन नचाहने र समाचार उपभोक्ताले पनि यसको विश्वसनीयतामा प्रश्न उठाउने अवस्था अझै जीवितै छ । तर, पनि हाम्रो आगमनले अनलाइन पत्रकारिताको साख बढाउन सहयोग गरेको छ भन्नेमा हामी विश्वस्त र स्वःस्फूर्तरूपमा सन्तुष्ट पनि छौ । पत्रकारिताको साख माध्यम होइन संस्थाको साख र पत्रकारको व्यावसायिक धर्म रक्षामा निर्भर हुन्छ । अहिलेको युगमा कुनै पनि माध्यमको पत्रकारिताको मुख्य उपभोक्ता आफ्नो मोबाइलबाटै सूचनाको क्षुधा शान्त पार्छन् । तिनले समाचार संस्थाको आधारभूत माध्यम खोज्दैनन् । तर, समाचार र सूचना कुन संस्थाले दियो र सो संस्था कति विश्वसनीय छ भन्ने विषयमा भने पाठक सधैँ चनाखो र समीक्षात्मक रहेका हुन्छन्। पाठकले पाएका सबै सूचनालाई सत्य ठानेर ग्रहण गर्दैनन् । 

हामी समाजका प्रतिविम्ब त हौँ तर स्थिर प्रतिविम्ब होइनौ । अर्थात्, समाजलाई साधारण आँखाले जसरी देख्छ त्यही सूचनामात्र हामी पस्कदैनौ, हामी त्यसमा रहेको अर्थ, भाव र त्यसले समाजलाई दीर्घकालीन रूपमा कस्तो असर पार्छ  भन्नेमा पनि ध्यान दिन्छौँं । हामी समाजमा घटेका घटना र परिवर्तनलाई हेर्न र सुन्नमात्र होइन बुझिनेगरी प्रस्तुत गर्छाैं । अबको वर्षमा आफ्नो क्षमता अझ अभिवृद्धि गर्दै राजनीति, समाज र अर्थतन्त्रका घटनाका अन्तर्यलाई कसरी बुझ्ने, कस्तो निर्णयले जनतालाई कस्तो प्रभाव पार्छ र आर्थिकरूपमा अघि बढ्न कस्तो सूचना चाहिन्छ भन्नेमा हामी जोड दिएर अघि बढनेछौंँ । हाम्रो प्रतिबद्धता, लगन र लोकतान्त्रिक मूल्य एवं मान्यताप्रतिको दृढतालाई अघि बढाउन सम्पूर्ण मित्रगण, शुभेच्छुक तथा पाठकको सहयोगको अपेक्षा गर्दै आउँदा सयौं वर्षसम्म हाम्रा मूल्य र मान्यतामा अडिग रहने विश्वास दिलाउँछौँ । 

Global Ime bank

हाम्रा सम्पूर्ण शुभचिन्तक तथा पाठकमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्न चाहन्छौं ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC