site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘याँ सम्झिने कोई भएन’ को म्युजिक भिडियो सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । देउडा गायक वीरेन्द्र जोहारीकाे नयाँ देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको ‘याँ सम्झिन्या कोई भएन...’ बोलको देउडा गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । 

गीतकार पदम खड्काको शब्द संकलन रहेको गीतमा जोहारीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् । गीतकार खड्काले यसअघि रचेको ‘यो लोटाउनु रांगो’ बोलको गीत सुदूर र मध्यपश्चिममा क्षेत्रमा रुचाइएको देउडा गीत मध्यमा पर्दछ ।

Agni Group

गायक जोहारी र गायिका त्रिपाठीको स्वरमा सजिएको ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीतको म्युजिक भिडियो काठमाडौं र आसपासका क्षेत्रमा छायांकन गरिएको छ । म्युजिक भिडियोमा राजेश खड्का र करिश्मा ढकालले अभिनय गरेका छन् । म्युजिक भिडियोमा विरेन्द्र भाट ‘विपिन’ निर्देशन र हरिश महराको छायांकन रहेको छ । 

सुदूर र मध्यपश्चिमसँगै छिमेकी मुलुक भारतको कुमाउ–गढवाल क्षेत्रमा गायक जोहारीका गीतहरु मन पराइन्छ । उनले यसअघि ‘मुई डोली चढ्न्या बेला तुई कसो लागालो’, हरियाली धानको बालो’ लगायतका दर्जनौं गीतहरुमा स्वर दिइसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC