काठमाडौं । चलचित्र ‘शत्रु गते’ को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रमा देखिने जोडीलाई समेटिएको छ ।
सार्वजनिक गीतमा देखिएको जोडीकै आधारमा पोस्टर तयार गरिएको छ । पोस्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी देखाइएको छ ।
तीन पुस्ताको रुपमा बुझिने कलाकारलाई समेटेर पोष्टर तयार गरिएको छ ।
चलचित्रको ‘थिम’ अनुसारनै फिल्मको पोष्टर तयार गरिएको निर्देशक प्रदिप भट्टराईले बताए । श्रीधर पौडेलको फोटोग्राफी रहेको पोस्टरलाई टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन् ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ । चलचित्र चैत ९ मा रिलिज हुँदैछ ।