site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘क्याफे सिड्नी’ विमोचन
Ghorahi CementGhorahi Cement

चितवन । लेखक सञ्जीव बस्यालको पहिलो उपन्यास कृति ‘क्याफे सिड्नी’ सोमबार चितवनमा विमोचन गरिएको छ ।

सो उपन्यास लेखक एलबी क्षेत्री, अमर न्यौपाने, सञ्चारकर्मी रमेश पाण्डे, प्रकाशक अच्युत घिमिरेलगायतले टेबुलमाथि फूलको थुप्रोभित्रबाट पुस्तक निकालेर फरक शैलीमा विमोचन गरिएको थियो ।

Agni Group

सञ्चारकर्मी रमेश पाण्डेले उपन्यासमा केही प्राविधिक कमजोरी रहे पनि पहिलो प्रयासबाटै सफलता हासिल गरेको प्रतिक्रिया दिए । उपन्यास पूर्ण मनोरञ्जनात्मक रहेको भन्दै पढिसकेपछि पाठकहरूलाई प्रेमबारे सोच्न बाध्य गराउने प्रतिक्रिया दिए ।

लेखक अमर न्यौपानेले साहित्यमा प्रयोग हुने प्रेमलाई अक्षरको मदिराको रूपमा चित्रण गरे ।

Global Ime bank

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका लेखक एलबी क्षेत्रीले कथावस्तु नयाँ नभए पनि किशोरकिशोरीको मनोभावनालाई बुझेर उपन्यास बाहिर ल्याएकोमा लेखक बस्याललाई धन्यवाद दिए । विश्वमा प्रेमकथामा आधारित धेरै चलचित्र तथा कथाहरूले सफलता पाइसकेको इतिहास सुनाउँदै ‘क्याफे सिड्नी’ पनि पाठकहरूको मनमुटुमा बस्न सफल हुने दाबी गरे ।

लेखक बस्यालले लामो समयदेखि गर्भमै रहेको उपन्यास साथीभाइ तथा आफन्तको दबाबमा पाठकसामु ल्याएको बताए । “छ वर्षसम्म गर्भमै दबाएर राखेको थिएँ,” उनले भने, “आज सबै प्रिय आफन्तहरूको साथ र सहयोगले उपन्यासको रूपमा पाठकसामु आइपुगेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC