site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफ च्याम्पियन
Sarbottam CementSarbottam Cement

नेपालगन्ज । सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा शिवम् न्यु डायमण्ड एकेडेमीलाई  ३–२ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

नेपालगन्ज कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा न्यु डायमण्डले २५–१२ ले जितेको थियो ।  तर, दोस्रो र तेस्रो सेटमा एपीएफले २५–२१ र २५–१६ को जित निकाल्दै न्यु डायमण्डमाथी २–१ को अग्रता बनाएको थियो । चौथो सेट न्यु डायमण्डले २५–२१ ले जित्दै खेललाई २–२ को बराबरीको अवस्थामा पुयाएको थियो । अन्तिम सेटमा न्यु डायमन्डलाई १९–१७ ले हराउदै एपीएफले उपाधिमाथि कब्जा जमायो ।

Prabhu Bank
Agni Group
NIC Asia

उपाधिसँगै  एपिएफले २ लाख प्राप्त गर्यो  । उपविजेता बनेको न्यु डायमन्डले १ लाखमा चित्त बुझाउदा तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार प्राप्त गर्यो ।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर न्यु डायमन्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी र उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा केसी चुनीइन्  ।

Global Ime bank

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुड, महासचिव जितेन्द्र बहादुर चन्द्, नेपालगन्ज नगरपालिका उपमेयर उमा थापा, सुशिल कोइराला स्मृती प्रतिष्ठानका सदस्य सचिव अतुल कोइराला, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली, आयोजक कमिटी अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा दुइ विदेशी टोली सहित ६ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC