site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रकाशित भयो ‘कविशिरोमणि रचनावली’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालयले कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालो प्रकाशित गरेको छ । पाँच खण्डमा समेटिएको ‘कविशीरोमणि रचनावली’ फागुन ७ गते सोमबार सार्वजनिक भएको हो । फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको स्मृति दिवसको अवसर पारेर कृति सार्वजनिक गरिएको हो । नेपालयको ‘आर’ शालामा भएको उक्त कार्यक्रममा नेपाली साहित्यका प्रबुद्ध व्यक्तित्वहरूको घना उपस्थिति रहेको थियो ।

कृति सार्वजनिक कार्यक्रममा लेखनाथ पौड्यालको काव्विक व्यक्तित्व र उनका कृतिहरूमाथि संक्षिप्त चर्चा भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चर्चामा नेपाली शिक्षा परिषदकी महासचिव रमा शर्मा, रचनावलीका संकलक तथा सम्पादक प्राध्यापक सनतकुमार वस्ती, कविशिरोमणिकी नातिनी डा. प्रतिभा पाण्डे र लेखनाथ साहित्य प्रतिष्ठान पोखराका शुक्रराज अधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा कविशिरोमणि लेखनाथसँगको भेटका क्षणहरूको संस्मरण गर्दै रमा शर्माले भनिन्, ‘लेखनाथका कविताले आफ्नोपुस्तालाई नैतिकवान गुणी बन्नमा प्रेरित गरेको छ । लेखनाथको साहित्यमा रहेको दार्श्निक पक्षलाई अहिलेको पुस्ताले पनि बुझ्नु आवस्यक छ ।’ 

Global Ime bank

आफू निकै कलिलो हुँदाको समयका स्मृतिहरू केलाउँदै लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेले टिप्पणी गरिन्, ‘बाबाको प्रभावले त्यसबेलाका बालक हामी आपसी झगडासमेत कविताबाटै गर्ने गर्थ्यौं ।’ 

लेखनाथका सम्पूर्ण रचनाहरूको खोजबीन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कविशिरोमणि रचनावली’ लाई पूर्णता दिएका हुन् । यस संग्रहमा प्राध्यापक वस्तीले लेखनाथका जटिल पद—पदावलीलाई सन्दर्भसहित सरल बनाएका छन् जसले लेखनाथका कृतिलाई बुझ्न अझ सहज भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC