site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमानलाई साथ दिने यी हुन् नेपाली कलाकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सलमान खानसँग स्टेज सेयर गर्ने नेपाली कलाकारको टुङगो लागेको छ । आयोजकका अनुसार नेपाली गायक राजेश पायल राई, विजय लामाले ‘द दबङ टुर’ मा गीत गाउने छन् । 

राजेश र विजय लामासँगै सुष्मा कार्की र माला लिम्बुले पनि उक्त स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने छन् । बाँकी केही कलाकारको भोली (मंगलबार) सम्म टुङगो लाग्ने आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक सिमान्त गुरुङले जनकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

गुरुङका अनुसार राजेश र विजय लामाले ट्रयाकमा गाउने छन् भने लामा र कार्कीले पनि ट्रयाकमै नृत्य गर्नेछन् ।

“अहिले द–दबङ द टुरका म्यानेज ग्रुप नेपाल आएको छ,” गुरुङले भने, “कार्यक्रमलाई कसरी ब्यबस्थित बनाउने भन्नेबारे आज पनि छलफल भयो ।”

Global Ime bank

फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउँदैछन् । 

सलमानको ‘द–दवङ द टुर’ अन्तरगत सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकसाथ स्टेजमा प्रस्तुति दिने छन् । सलमानले करिब १ घण्टा स्टेजमा बिताउने आयोजकले जनाएको छ । आयोजक अहिले प्रोडक्सन र सुरक्षा ब्यबस्थापनको काम गरिरहेको गुरुङले जानकारी दिए । 

५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ । “ब्रायन एडम्स आउँदा झण्डै २० हजार दर्शकले टिकट किनेका थिए,” गुरुङले भने, “ब्रायन एडम्सका तुलनामा सलमान नेपाल र नेपालीका लागि सलमान परिचित भएकाले ५० हजार दर्शक आउने अपेक्षा गरेका छौं । ”

कार्यक्रमबाट १५ करोड रुपैयाँ टिकटबाट उठाउने योजना रहेको गुरुङको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC