site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी क्विक्स बास्केटबल लिग लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेजलाई हराउदै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

गोल्डेन गेटको घरेलु कोर्टमा भएको खेलमा आर्मीले घरेलु टोलीलाई ८८ – ५० स्कोरले पराजित गर्यो । आर्मीको जितमा रविन खत्रीले १७ तथा सदिश प्रधानले १६ स्कोर गरे । यसअघि आर्मीले पहिलो खेलमा विशाल मिलन केन्द्र (बीएमके) लाई ८७–७३ स्कोरले हराएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिता अन्तर्गत सोमबार नै भएको टिम बूढानीलकण्ठ नगरपालिकाले साउथ साइडर्स बास्केटबल क्लबलाई पराजित गर्दै विजय सुरुआत गरेको छ ।

बूढानीलकण्ठको घरेलु कोर्ट गोल्फुटार बास्केटबल कोर्टमा भएको खेलमा घरेलु टोलीले साउथ साइडर्समाथि ५९ – ५६ स्कोरले हरायो  । बुढानिलकण्ठको जितमा तेजेन्द्र गुरुङ र विजय रानाले समान १६ – १६ स्कोर गरे । साउथ साइडर्सका संजय ब्यन्जनकारले १७ स्कोर जोडेपनि टोलीलाई हारबाट जोगाउन सकेन ।

Global Ime bank

प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले  नेपाल बास्केटबल संघको सहयोगमा पहिलोपटक क्लबस्तरीय पुरुष बास्केटबल लिग आयोजना गरेको हो । कुल ६० खेल हुने लिगको शिर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । प्ले अफमा पहिलो हुनेले चौथो र दोस्रो हुनेले तेस्रोसँग खेल्ने छ ।

प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC