site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अनुसन्धानले भन्छ – सरसफाइका सामानले फोक्सो कमजोर बनाउँछ !
Sarbottam CementSarbottam Cement

एजेन्सी । सरसफाइका सामानहरु दैनिक प्रयोग गर्ने व्यक्तिको फोक्सोपछि गम्भीर असर पर्ने हालै गरिएको अनुसन्धानमा पत्ता लगाइएको बीबीसीले बताएको छ । 

६ हजार मानिसहरुमा गरिएको सर्वेक्षणपछि यस्तो नतिजा निकालिएको नर्वे युनिभर्सिटी अफ बर्जनले बताएको हो । यस अध्ययनमा पुरुषभन्दा महिला धेरै प्रभावित हुने गरेको पाइएको छ ।

दैनिक सरसफाइ गर्दा प्रयोगमा आउने केमिकलयुक्त सामग्रीहरु वास्तवमा अनावश्यक भएको र सफाइका लागि कपडा र पानी नै पर्याप्त हुने अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस क्षेत्रमा बेलायतका विज्ञहरुले पनि सबैलाई आफ्नो घरमा हावा पस्न मिल्ने गरि खुल्ला राख्न र सकेसम्म स्प्रे केमिकल भन्दा पानीको प्रयोेग गरि सरसफाइ गर्नु उचित हुने बताएका छन् ।

नर्वेको वर्जन अनुसन्धान टिमलाई नेतृत्व गरिरहेका प्रोफेसर सेसाइलले भने, ‘दैनिक केमिकलजन्य पदार्थहरु प्रयोग गर्दा त्यसले पुर्याउने हानि पनि समयसँगै बढ्दै जान्छ र हाम्रो उमेर पुग्दासम्म फोक्सोलाई पूर्ण रुपमा काम नलाग्ने बताइदिन सक्छ ।’

Global Ime bank

अमेरिकन थोर्याकिक सोसाइटीको स्वासप्रस्वास सम्बन्धि जर्नलमा २० वर्षको अध्ययनपछि प्रकाशित गरिएको जानकारीलाई पनि अनुसन्धानमा आधार मानिएको छ । सर्वेक्षण गरिएका मानिसहरुको फोक्सोलाई जाँच गरि पहिले उनीहरुको सास फेर्न सक्ने क्षमताबारे अध्ययन गरिएको थियो । 

यसमा वर्ष बित्दै जाँदा महिलाहरुमा फोक्सोको क्षमता कम हुँदै गइरहेको पाइयो । 

जसपछि अनुसन्धानकर्ताहरुले सरसफाइका क्रममा प्रयोग गरिने रासायनिक सामग्रीले फोक्सोमा दिर्घकालीन क्षति पर्ने गरेको पत्ता लगाएका हुन् । 

त्यस्तै सरसफाइको काम गर्ने र नगर्ने दुुवै पुरुषहरुमा गरिएको जाँचमा भने यसको कुनै संकेत फेला नपरेको बताइएको छ । जसकारण अध्ययनकर्ताहरुले थोरै पुरुषले मात्र सरसफाइको काम गर्ने गरेकाले वा महिलामा केमिकलको बढी असर पर्ने हुन सक्ने निष्कर्ष निकालेका हुन् । 

त्यसैले अहिले विज्ञहरुले सफाईको काम गर्दा सकेसम्म केमिकलजन्य सामानको प्रयोग नगर्न र केबल पानीलाई नै पर्याप्त रुपमा प्रयोग गर्न सल्लाह दिएका छन् ।
http://www.bbc.com/news/health-43085674

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC