site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पूर्वक्रिकेटर इमरान खान र बुशरा मानिकाले गरे विवाह
Sarbottam CementSarbottam Cement

बीबीसी । खेल जीवनबाट सन्यास लिएर राजनीतिमा लागेको पाकिस्तानी क्रिटेटर इमरान खानले विवाह गरेका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) का प्रमुख इमरान खानले बुशरा मानिकासँग तेस्रो विवाह गरेका हुन् । 

उनको पार्टी पीटीआईले इमरान खानले बुशरा मानिकासँग विवाह गरेको पुष्टि गरेको छ । पीटीआईका तर्फबाट ट्वीटरमा इमरान खानको तेस्रो विवाहको तस्विर जारी गर्दै वैवाहिक जीवनको शुभकामना दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पीटीआईले आफ्नो ट्वीटर ह्याण्डलमा लेखेको छ, “आइतबार १८ फेब्रुअरीको राति ९ बजे परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह (निकाह) सम्पन्न भएको छ ।’’

यसअघि गत महिना इमरान खानको विवाहको खबर सार्वजनिक हुँदा पीटीआईले वक्तव्य जारी गर्दै पार्टी प्रमुखले बुशरा मानिका नाम गरेकी महिलालाई विवाहका लागि प्रस्ताव गरेको र उनी प्रत्युत्तरको पर्खाईमा रहेका बताएको थियो । 

Global Ime bank

इमरान खानले यसअघि सन् २०१४ मा टिभी प्रस्तोता रेहम खानसँग दोस्रो विवाह गरेका थिए । उनको दोस्रो वैवाहिक सम्बन्ध धेरै लामो टिक्न नसकेपछि सम्बन्ध बिच्छेद भएको थियो । 
http://www.bbc.com/hindi/international-43107634

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC