site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायती शिक्षा प्रणालीमा चुनौति ! प्रधानमन्त्री भन्छिन्– विश्वको सबैभन्दा महंगो शुल्क 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो देशमा विद्यार्थीहरुको मूल्य बढाउने प्रतिबद्धता जनाउँदै उनीहरु विश्वकै सबैभन्दा महङ्गो शुल्क तिरेर पढ्न बाध्य भएकोे स्वीकार गरेकी छन् । 

प्रधानमन्त्री टेरेजाले सोमबार विद्यार्थीहरुसँग लिइने शूल्कबारे स्वतन्त्र धारणा व्यक्त गर्ने बताएकी हुन् । यसका साथै उनले  विश्वविद्यालयमा प्रदन गरिने शिक्षाको तुलनामा प्राविधिक शिक्षालाई कम महत्व दिने मानिसहरुको ‘पुरानो सोच’ बारे पनि चर्चा गर्ने बिबिसीले बताइएको छ । 

विद्यार्थीहरुले महङ्गो शूल्क तिरेर पढ्न बाध्य भएपनि अन्त्यमा पढाइ सकेर पनि लगानी अनुसारको रोजगार अवसर नपाउने हुँदा धेरैका लागि समस्या उत्पन्न हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतको सरकारले सोमबार शैक्षिक प्रणाली र युनिभर्सिटी शूल्कबारे एकवर्षको समीक्षा गर्ने बताएको छ ।  यस अन्तर्गत आगामी वर्षको सुरुवातमै विभिन्न पाठ्यक्रमको स्तरअनुसार लाग्ने शैक्षिक शूल्कको परीक्षण गरिने बताइएको छ । 

कुनैपनि विद्यार्थीलाई भर्ना हुनुअघि उसको पृष्ठभूमिलाई बढी मान्यता नदिइने खालको शिक्षा प्रणाली स्थापना गर्न टेरेजाले जोड दिने बताइएको छ ।  बेलायतमा आर्थिक लगायत विभिन्न कारणवश् पढाइको बिचैमा विद्यार्थीले स्कुल, कलेज छोड्ने क्रम पछिल्लो समय वृद्धि भइरहेको छ । 

Global Ime bank

यसका साथै धेरै स्नातक उर्तिण विद्यार्थीहरु त्यस अनुसारको काम नपाउँदा जथाभावी आफूले पढे भन्दा फरक क्षेत्रमा काम गर्न बाध्य हुने गरेका छन् । 

यसबारेमा टेरेजाले गम्भीर चिन्ता व्यक्त गरेकी छन् । सबैले समान र आफ्नो क्षमता अनुसारको योग्यता हासिल गराउन शिक्षा प्रणालीलाई अझ सहज बनाउनुपर्ने उनको भनाइ छ । 

यस सम्बन्धि बेलायतका शिक्षा सचिव डेमियन हिन्डसले ‘विद्यार्थीको शिक्षा शुल्क उनीहरुले पढिरहेको पाठ्यक्रमले आगामी करिअरमा कतिको सहयोग पुर्याउँछ’ भन्ने आधारमा तय गरिनुपर्ने धारणा व्यक्त गरेका हुन् । 

गतवर्ष मात्र टेरेजाले विद्यार्थीहरुले २१ देखि २५ हजार पाउन्ड सम्म कमाई गर्न सुरु नगरेसम्म विद्यार्थी ऋण तिर्नु नपर्ने घोषणा गरेकी थिइन् ।  तर हालको प्रणालीलाई हेर्दा दुईतिहाई विद्यार्थीहरुले सो ऋण तिर्नै नसक्ने भएको बताइएको छ । 

कतिपय भने लामो समयसम्म उच्च ब्याजको सामना गर्न बाध्य हुने गरेको बताइएको छ ।  अहिलेको अवस्थामा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई खानबस्न गरेर धनी विद्यार्थीहरु भन्दा धेरै ऋण उपलब्ध गराइने व्यवस्था रहेको छ तर अन्त्यमा उनीहरुले पढाइ पूरा गरिसक्दा ऋण अत्याधिक वृद्धि हुने गरेको पाइन्छ । 

त्यसकारण यस समस्याको हलका लागि विद्यार्थीहरुलाई थोरै ऋण दिलाउन उचित व्यवस्थापन गराइनुपर्ने मेको भनाइ रहेको छ । बेलायतमा अधिकांश कोर्सका लागि अधिकतम शूल्क पनि ९ हजार पाउन्ड लाग्ने बताइन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC