site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौ चरणबाट बाहिरिएको छ । सोमबार राति लिग वान क्लब विगान एथलेटिक्ससँग १–० ले स्तब्ध हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा विगानलाई जित दिलाउन विल ग्रिगले निर्णायक गोल गरेका थिए । दोस्रो हाफ १० खेलाडीमा सिमित बनेको सिटीबिरुद्ध खेलको ७९ औं मिनेटमा ग्रिगले निर्णायक गोल गरेका थिए ।  एफए कपमा यो सिजन ग्रिगको यो सातौं गोल हो । पहिलो हाफको इन्जुरी समयमा फाबियन डेल्फ रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि सिटीमा १० खेलाडीमा सीमित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रिमियर लिगमा १० अंकको अग्रता लिएको सिटीले बल पोजिसनमा ८३ प्रतिशतले पकड जमाएपनि गोल गर्न नसक्दा घरेलु टोलीसँग स्तब्ध बनेको हो । विगानको पोस्टमा सिटीले २९ पटक धावा बोलेपनि ५ प्रहार सहि दिशामा गएको थियो ।

योसँगै सिटी सन् २००४ – ५ को सिजनपछि पहिलोपटक तेस्रो डिभिजनको क्लबसँग पराजित हुँदै एफए कपबाट बाहिरिएको हो । सन् २००४ – ५ को सिजन सिटी ओल्डह्यामसँग १ – ० ले पराजित भएको थियो ।

Global Ime bank

सिटीलाई स्तब्ध बनाएर क्वाटरफाइनलमा स्थान बनाएको विगानले अब सेमिफाइनल प्रवेशको लागि साउथह्यामटनसँग खेल्ने छ । यस्तै एफए कप अन्तर्गत नै अन्य क्वाटरफाइनल खेलमा लेष्टर सिटीले चेल्सी, म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC