site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लाजियोलाई सफलता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । इटालियन सिरी ए फुटबलमा लाजियोले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लाजियोले रेलिगेसन जोनको हेलास भेरोनालाई २–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा लाजियोलाई जित दिलाउन सिरो इमोबाइलले दुवै गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इमोबाइल चम्कदा लाजियोले जित निकालेको हो । खेलको ५५ औं मिनेटमा इमोबाइलले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनेट पछि ६० औं मिनेटमा इमोबाइलले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोलाई २–० को जित दिलाए ।

यो जितसँगै लिगको चौथो स्थानको लाजियोले २५ खेलबाट ४९ अंक जोडेको छ । पराजित भेरोना १६ अंक जोडेर लिगको पुछारबाट दोस्रो स्थानमा छ । लिगको शिर्ष स्थानमा नापोली, दोस्रोमा युभेन्टस र तेस्रो स्थानमा रोमा रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC